काठमाडौं, असोज ५ । भारतको महाराष्ट्रको भिवन्डीमा सोमबार तीनतले भवन भत्किँदा कम्तीमा ८ जनाको मृत्यु भएको छ । स्थानीयले भवनमा फसेका २० जनालाई बाहिर निकालेका छन् ।
समाचार संस्था एएनआईका अनुसार स्थानीय नागरिकले कम्तीमा २० जनालाई सकुशल उद्धार गरेका छन् । त्यसमा २१ परिवार बसोबास गर्दै आएको भारतीय मिडियाहरूले खबर दिएका छन् ।
४० वर्ष पुरानो उक्त भवनमा २० परिवार बस्दै आएको बताइएको छ । घटनास्थल मुम्बईबाट करिब ३५ किलोमिटरको दूरीमा रहेको छ ।







