काठमाडौं, असोज ५ । सोमबार सुन र चाँदीको मुल्यमा सामान्य वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य तोलामा २ सयले बढेर प्रतितोला ९७ हजार २ सयमा कारोबार भइरहेको छ ।
त्यस्तै तेजावी सुनको मुल्य प्रतितोला ९६ हजार ७ सयमा कारोबार भइरहेको छ ।
त्यसैगरी सोमबार चाँदीको मुल्य तोलामा ५ रुपैयाँले बढेर तोलाको १३ सय २० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।