• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ/बाणिज्य
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • अर्थ/बाणिज्य
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

        football खेलकुद cricket koche nepal.com power news covid-19 sports messi ट्रेक sandeep nepal

गाउँमा विद्युत् पुगेपछि उपभोक्ताले मनाए खुशीयाली


  •    सुचना डबली डेस्क / २०७७, ६ आश्विन मंगलवार १०:३९ प्रकाशीत

  • Advertisement
    Advertisement
    Advertisement

    काठमाडौं, असोज ६ । जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने खोटेहाङ गाउँपालिका–२ वाप्लुखामा केन्द्रीय प्रसारण लाइनको विद्युत् विस्तार गरिएको छ । आर्थिक वर्ष २०७५/७६ मा गाउँपालिकाले विनियोजन गरेको रु ७५ लाख र नेपाल विद्युत् प्राधिकरणले उपलब्ध गराएको रु एक करोड बराबरको विद्युतीय सामग्रीबाट वाप्लुखामा पहिलोपटक केन्द्रीय प्रसारण लाइनको विद्युत् विस्तार गरिएको हो ।

    देशमा सङ्घीयता लागू भएर स्थानीय तह कार्यान्वयनमा आएसँगै केन्द्रीय प्रसारण लाइनको विद्युत् विस्तारको कामलाई तीव्रता दिएको गाउँपालिकाले वाप्लुखाको सुम्लेखा र काम्दाखाका ८० घर स्थानीय बासिन्दाको घरमा विद्युत् विस्तार गरेको छ । चार सय २५ घरधुरी भएको वाप्लुखाका अन्य टोलमा पनि विद्युतीकरणको कामलाई तीव्रता दिइएको वडाध्यक्ष दिपेन थुलुङले बताए ।

    आफ्नो गाउँमा पहिलोपटक केन्द्रीय प्रसारण लाइनको विद्युत् विस्तार भएपछि वाप्लुखाका स्थानीय बासिन्दाले सांस्कृतिक झाँकीसहित खुशीयाली मनाएका छन् । लामो समयसम्म अन्धकारमा बस्दै आएका उनीहरुले आइतबार औपचारिक कार्यक्रमको आयोजना गरेर भोजभतेरसहित खुशीयाली मनाएका हुन् ।

    वाप्लुखामा विस्तार गरिएको केन्द्रीय प्रसारण लाइनको विद्युत् परीक्षण सफल भएपछि गाउँपालिका प्रमुख प्रदीपकुमार राई र उपप्रमुख कविता राईले रिवन काटेर औपचारिक उद्घाटन गरेका थिए । किराँत राई समुदायको सांस्कृतिक झाँकी साकेला सिलीसहित आयोजना गरिएको कार्यक्रममा गाउँपालिका प्रमुख र उपप्रमुखले समेत स्थानीय उपभोक्तासँगै खुशीयाली मनाएका छन् ।

    गाउँपालिकाले हाल केन्द्रीय प्रसारण लाइनको विद्युत्को पहुँच पुग्न बाँकी तीन वडामा विद्युतीकरणको कामलाई तीव्रता दिएको गाउँपालिका प्रमुख राईले बताए । नौ वडा रहेको उक्त गाउँपालिकाको वडा नं १ लिकुवापोखरीलाई मात्र विद्युत्ले छुन बाँकी रहेको गाउँपालिकाले जनाएको छ । छमेकी जिल्ला भोजपुरसँग सिमाना जोडिएको लिकुवापोखरीको सिमासम्म मेनलाइन विद्युत् विस्तार भइसकेको जनाइएको छ । वडा नं ३ सावाकटहरेमा पनि मेनलाइनमा विद्युत् बलिसकेको गाउँपालिकाले जनाएको छ ।

    आगामी आर्थिक वर्ष सबै वडामा विद्युत् विस्तारको कामलाई पूरा गर्नेगरी चालू आर्थिक वर्ष रु एक करोड बजेट विनियोजन गरिएको गाउँपालिका प्रमुख राईले बताए । “हामी निर्वाचित भएको बेला खोटाङबजार, सिम्पानी, लिच्कीराम्चे र चिप्रिङमा विद्युत्को मेनलाइन मात्र विस्तार भएको अवस्था थियो”, उनले भने , “अहिले ४ देखि ९ वडाका ९५ प्रतिशत घरमा विद्युत् पुगिसकेको छ । बाँकी रहेको लिकुवापोखरी, वाप्लुखा र सावाकटहरेमा विद्युतीकरणको कामलाई तीव्रता दिएका छौँ ।”

    जिल्लाको पुरानो सदरमुकामसमेत रहेको उक्त गाउँपालिकामा हालसम्म वडा नं ४ बड्कादियाले, वडा नं ५ चिप्रिङ, वडा नं ६ इन्द्रेणीपोखरी, वडा नं ७ खोटाङबजार, वडा नं ८ सिम्पानी र वडा नं ९ लिच्कीराम्चेमा ९५ प्रतिशत उपभोक्ताको घरमा विद्युत् पुगिसकेको छ । दश स्थानीय तह रहेको जिल्लामा हाल १६ हजार १९४ घर विद्युत् उपभोक्ता रहेका छन् ।
    बुइपा सबस्टेशनमार्फत वितरण गरिने केन्द्रीय प्रसारण लाइनको विद्युत् खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बु गरी तीन जिल्लामा खपत हुने गरेको छ । ठेकेदार कम्पनीले ११ केभी प्रसारण लाइनको विद्युत्पोल तथा तारमा ३३ केभी क्षमता थपेपछि दिक्तेल–गाईघाट ३३ केभी प्रसारण लाइनको विद्युत् पटकपटक अवरुद्ध हुँदै आएको छ । रासस

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    मेलम्चीको पानी आज काठमाडौं उपत्यकामा झर्दै
    ज्येष्ठ नागरिकलाई खोप लगाउन ४८ खोप केन्द्र तोकिए
    आपराधिक गतिविधि नियन्त्रण गर्न सिसिटिभी क्यामरा जडान
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. मेलम्चीको पानी आज काठमाडौं उपत्यकामा झर्दै

    • २. ज्येष्ठ नागरिकलाई खोप लगाउन ४८ खोप केन्द्र तोकिए

    • ३. महिला, किशोरीलाई आत्मसुरक्षा तालीम

    • ४. आपराधिक गतिविधि नियन्त्रण गर्न सिसिटिभी क्यामरा जडान

    • ५. आज पनि घट्यो सुनको मूल्य, तोलाको कति ?

    धेरै पढिएको
    • १. सुनको मूल्यमा सामान्य वृद्धि , कतिमा हुँदैछ कारोबार ?

    • २. सुर्य गुरुङ र सरिता राइको स्वर रहेको ‘क पुरी क’ सार्वजनिक

    • ३. श्रीलंकाको जेलमा २६ नेपाली महिला

    • ४. अमेरिकी डलरको विनिमय दर आज कति ?

    • ५. केरुङ नाका सोमबारदेखि सञ्चालन हुने

    हाम्रो बारेमा

    सुचना विभाग दर्ता : १६८४/०७६-७७

    अध्यक्ष: शिशिर के सी

    सम्पादक:किशोर पुन मगर

    सम्पर्क

    कामपा २९ अनामनगर
    सम्पर्क ९८६८६१९८८४
    ई-मेल :suchanadabalimedia@gmail.com

    हामीसङ जोडीनुहोस्

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nTech.