• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ/बाणिज्य
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • अर्थ/बाणिज्य
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

        football खेलकुद cricket koche nepal.com power news covid-19 sports messi ट्रेक sandeep nepal

रात परेपछि ओछ्यान बोकेर स्कुलमा, उज्यालो भएपछि घरमा


  •    सुचना डबली डेस्क / २०७७, ६ आश्विन मंगलवार १०:४५ प्रकाशीत

  • Advertisement
    Advertisement
    Advertisement

    पर्वत, असोज ६ । निरन्तरको वर्षाले बस्तीमाथिको पहाड फुट्न थालेपछि पर्वतको फलेवास नगरपालिका–४ मुडिकुवास्थित एकघरेका करिब ४५ घरधुरी विस्थापित बनेका छन् ।

    कतिबेला पहिरो खसेर बस्ती नै पुर्ने हो भन्ने त्रासले उनीहरू सुत्नका लागि साँझ पर्नेबित्तिकै ओछ्यान बोकेर विद्यालयमा पुग्ने गरेका छन् । बिहान उठेर हेर्दा नपल्टिएको घर हेर्दै लामो सास फेरेर घरमा फर्किनुपर्ने बाध्यता छ ।

    एक साताअघि भएको अविरल वर्षाका कारण आएको पहिरोले पुरिएर स्थानीय एक बालिकाको ज्यानसमेत गएको थियो । ४५ घरधुरी रहेको एकघरेको बस्ती नै पुरिन वा बग्न सक्ने जोखिममा परेपछि उनीहरू आकाशको अवस्था हरेर ज्यान बचाउनकै लागि नजिकै रहेको माटेदेवल प्राविधिक विद्यालयको कोठामा पुगेर सुत्ने गरेका हुन् । स्थानीय बालमुकुन्द घिमिरेले वर्षा होलाजस्तो लक्षण देखेमा खाना खाएपछि बस्तीका सबै मानिस बिस्तरा बोकेर विद्यालयमा जाने गरेको र बिहानै उठेर बस्तीमा गएपछि दैनिकी सम्हाल्ने गरेको बताए ।

    “यहाँ त हाम्रो त बिजोग नै भएको छ, पानी पर्लाजस्तो हुनासाथ ४५ घरधुरीका केटाकेटीदेखि वृद्धवृद्धासम्म सबै विद्यालयमा गएर सुत्ने गरेका छौँ । बिहान घर त बगेको रहेनछ भन्दै खुशीले घरमा गएर फेरि काम सम्हाल्छौँ”, उनले भने, “बस्तीमाथिको भिर चर्किएर झर्न थालेको छ । कतिबेला बस्ती नै पुरिने हो भन्ने टुङ्गो नै छैन । कतिबेला पहिरोले पुर्छ भनेर रातको निद्रा न दिनको भोक भएको छौँ ।”

    उनका अनुसार त्यो बस्तीका करिब २७० जनाको यही बेहाल भएको छ । बस्तीबाट करिब एक किलोमिटरमाथि रहेको मन्धराको गुफा भन्ने स्थानबाट पहिरो झर्न थालेपछि गाउँले घर छोडेर हिँड्न बाध्य भएको स्थानीय सुमन गौडेलले बताए । पहिरो जान लागेको स्थानबाट झरेका ढुङ्गा बस्तीमै आइपुग्ने गरेकाले राति पहिरो आए जनधनको ठूलो क्षति हुने भएकाले विद्यालयमा आश्रय लिनुपरेको उनको भनाइ छ ।

    यता फलेवास नगरपालिकाका प्रमुख पदमपाणि शर्माले पहिरोको जोखिममा रहेका बस्तीको पहिचान गरेर सुरक्षित स्थानमा स्थानान्तरण गर्ने प्रक्रिया शुरु गरिएको बताए ।

    अहिलेसम्म नगरपालिकामा सातवटा बस्ती तत्काल स्थानान्तरण गर्न नगरपालिकाले सङ्घ र प्रदेश सरकारसमक्ष सिफारिस गरिसकेको उनको भनाइ छ । सिफारिस भएका गाउँमा उक्त बस्ती छुटेको हुनाले पुनःसिफारिस गर्न सकिने पनि नगरप्रमुख शर्माले बताए । उनले तत्काललाई आवश्यक सुरक्षा सावधानी अपनाउनसमेत आग्रह गरे ।

    पहिरोका कारण वडा नं ४ कै चुरी, वडा नं ३ को पुर्कोट र रुग्दी, वडा नं २ को दरदरे, वडा नं १० को फल्लालगायत गाउँ जोखिममा छन् । गाउँ पहिरोको उच्च जोखिममा रहेकाले नगरस्तरीय विपद् व्यवस्थापन समितिको निर्णयानुसार सुरक्षित ठाउँमा स्थानान्तरण गर्न सिफारिस गरिएको छ । रासस

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकामा फेरि घरभित्रै मृत भेटिए दम्पती
    पुरुषोत्तम गैह्रे र पद्मा बस्यालको स्वर रहेको ‘रोगै पिरतीको’ सार्वजनिक
    बढ्यो सुनचाँदीको मूल्य, कति छ आज ?
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकामा फेरि घरभित्रै मृत भेटिए दम्पती

    • २. पुरुषोत्तम गैह्रे र पद्मा बस्यालको स्वर रहेको ‘रोगै पिरतीको’ सार्वजनिक

    • ३. बढ्यो सुनचाँदीको मूल्य, कति छ आज ?

    • ४. निशान भट्टराईको नयाँ गीत ‘ओई प्यारी’ सार्वजनिक

    • ५. सप्तरीमा आगलागी ,चार घर जल्यो

    धेरै पढिएको
    • १. सुनको मूल्यमा सामान्य गिरावट

    • २. एलिना चौहान र गणेश ओझाको स्वरमा ‘बडो अप्ठेरो’ गीत सार्वजनिक

    • ३. भुकम्प सुरक्षा दिवशको अवसरमा अन्तरक्रिया कार्यक्रम

    • ४. आर्मीको विजयी सुरुवात

    • ५. जुम्लामा अब दैनिक लोडसेडिङ, लोडसेडिङको तालिका सार्वजनिक

    हाम्रो बारेमा

    सुचना विभाग दर्ता : १६८४/०७६-७७

    अध्यक्ष: शिशिर के सी

    सम्पादक:किशोर पुन मगर

    सम्पर्क

    कामपा २९ अनामनगर
    सम्पर्क ९८६८६१९८८४
    ई-मेल :suchanadabalimedia@gmail.com

    हामीसङ जोडीनुहोस्

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nTech.