
काठमाडौं, आश्विन ६ । आफन्तको घरबाट न्वारनको निम्तो मानेर फर्कंदै गर्दा पहिरोमा पुरिएका दुई जनामध्ये एक जना मृत भेटिएका छन् । अर्का एक बालक बेपत्ता छन् ।
सोमबार राति ८ बजे जिल्लाको इश्मा गाउँपालिका वडा नं २ छल्दीपनाहा रातडाडा सडकमा पहिरो जाँदा इश्मा २ स्यालाका पैदल हिडीरहेका ३९ वर्षीय प्रेमबहादुर कुमाल र ६ वर्षका सफल कुमाल पहिरोमा परि बेपत्ता भएका थिए ।
बेपत्ता भएका मध्ये प्रेम बहादुर कुमालको सडक देखि ५० मिटर तल मंगलबार बिहान शव फेला परेको र सफलको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक केदारराज पन्तले जानकारी दिए।
घटनामा पाँचवर्षीय बालक सफल कुमाल बेपत्ता भएको वडाध्यक्ष टीकाबहादुर रेस्मीले बताए । बालकको प्रहरी र स्थानीयले खोजी गरिरहेको उनले जानकारी दिए ।