
काठमाण्डौं, असोज ७ । ओखलढुंगामा विद्युत मर्मत गर्दा करेन्ट लागेर विद्युत कर्मचारीको मृत्यु भएको छ ।
मोलुङ हाइड्रो अन्र्तगतको प्रशारण लाइनमा मर्मत गर्दा विद्युत कर्मचारी २८ वर्षीय प्रमेश खत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।
करेन्ट कसरी लाग्यो भन्ने एकिन नभएको र विद्युत कार्यालयमा बुझ्दा लाइन काटिएको प्रहरीले जनाएको छ ।