
काठमाडौं, असोज ८ । नेपाली बजारमा केहि दिनयता सुनचाँदीको मुल्यमा लगातार ओरोलो लागिरहेको छ ।
आज तोलामा एक हजार २ सय रुपैयाँ घटेर सुनको भाउ तोलाको ९३ हजार एक सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यस्तै चाँदी आज तोलामा ७० रुपैयाँ घटेको छ । चाँदी आज तोलाको एक हजार एक सय २० रुपैयाँमा झरेको छ ।