
काठमाडौं, असोज ९ । नेपाली बजारमा सुनको मूल्य शुक्रवार बढेको छ ।
लगातार केहि दिन यता घटेको सुनको मूल्य शुक्रवार तोलामा रू. ८०० ले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंले जनाएको छ । जसअनुसार छापावाल सुनको मूल्य प्रतितोला रू. ९३ हजार ९०० र तेजाबी सुनको मूल्य रू. ९३ हजार ४०० मा कारोबार भइरहेको छ ।
सुनको मूल्य बढ्दा शुक्रवार चाँदीको मूल्य पनि बढेको छ ।