• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

अस्ताए प्रसिद्ध भारतीय गायक एसपी बालासुब्रमण्यम


  •    सुचना डबली डेस्क / २०७७, ९ आश्विन शुक्रबार प्रकाशीत

  • Advertisement

    काठमाडौं, असोज ९ । हिन्दी, तेलगु, मलयालम, तमिल सहित १६ बढी भाषामा ४० हजार भन्दा बढी गीतमा आवाज दिएका भारतका चर्चित गायक एसपी बालासुब्रमण्यमको निधन भएको छ। कोरोना भाइरससँग जुधिरहेका बालासुब्रमण्यमको ७४ वर्षको उमेरमा निधन भएको छ।

    कोरोनासँग लामो समय जुधिरहेका उनलाई चेन्नईको एक निजी अस्पतालमा भर्ना गरिएको थियो। ५ अगस्टमा उनको कोरोना पोजिटिभ आए पनि १३ सेप्टेम्बरमा उनको रिपोर्ट नेगेटिभ आएको थियो। तर पछि लाइफ सपोर्टमा राखिएसँगै उनको देहान्त भएको भारतीय सञ्‍चार माध्‍यमहरुले जनाएका छन्।

    बालाले बलिउडमा सलमान खानका धेरै फिल्ममा गीतहरु गाएका छन्। करिब एक दशकसम्‍म उनले सलमान खानका एकसे एक गीत गाए। ‘मैने प्‍यार किया’को ‘दिल दीवाना’को लागि उनलाई फिल्मफेयर बेस्ट मेल प्लेब्‍याक सिंगरको अवार्ड दिइएको थियो। त्‍यस्तै हम आपके है कौनमा लता मंगेशकरसँग ‘दिदी तेरा देवर दीवाना’ गीत गाएर उनी सबैको मनमा बस्न सफल भएका थिए। गायक श्रीपथी पण्डितताराध्युल्ला बालासब्रमन्यमको जन्म सन् १९४६ जुन ४ मा भएको थियो। उनलाई एसपी बाला, एसपीबी र बालु आदि नामले पनि चिनिन्थ्यो। उनको मृत्युमा बलिउडका कलाकारहरुले श्रद्धाञ्जली व्यक्त गरिरहेका छन्।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    धनुषामा गोली हानेर वडाध्यक्षको हत्या
    जेन-जी प्रदर्शनको क्रममा ज्यान गुमाउनेको संख्या ५१ पुग्याे
    सुनको मुल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार ?
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.