झइन्द्र भण्डारी
प्यूठान, असोज ९ । नेपाल सरकार समाज कल्याण परिषद्को आह्वानमा अहिले राष्ट्र भरी सामाजिक सेवा दिवस सप्ताह कार्यक्रम चलिरहेको छ ।
असोज ६ गतेदेखि सुरू भएर १२ गतेसम्म चल्ने कार्यक्रममा स्वर्गद्वारी नगरपालिका प्यूठानमा पनि नगरपालिकाको सहकार्यमा अष्ट्रेलियन एडको आर्थिक सहयोग आड्रा नेपाल, रुपान्तरण र फुलवारी एकिकृत ग्रामीण बिकास संस्था नेपालको कृषि तथा जीविकोपार्जन प्रवद्र्धन परियोजना र गैर सरकारी संस्था जिल्ला शाखा प्युठान को साझेदारीमा विविध कार्यक्रम सञ्चालन भइरहेको छन ।
सामाजिक क्षेत्र राष्ट्रिय गौरव आजको प्राथमीकता समृद्धि र सुखका लागि सामाजिक रुपान्तरण र उद्ममशिलता भन्ने मुल नाराका साथ ४१ औ सामाजिक सेवा दिवस सप्ताह कार्यक्रम अन्तर्गत संस्थाले असोज ७ गते नगरभित्रका कृषि उद्ममीका लागि जलवायु परिवर्तन प्रविधि सामाग्री हस्तान्तरण गरेको छ । ८ देखी १० सम्म गते कोभिड १९ कोरोना ९भाइरस ० सचेतना अभिवृद्धि कार्यक्रमको निरन्तरता छ । यस कार्यक्रममा फुलबारी एकीकृत ग्रामीण बिकास संस्थाले भिङ्ग्रीमा माक्स बैकको समेत स्थापना गरेको छ । स्वर्गद्वारी गेट नजिक स्थापना भएको मास्क बैंकमा ञनभएकाले लिएर जाऊ भएकाले दिएर जाउझ भन्ने मुख्य उद्देश्य रहेको संस्थाको नगरपालिका कार्यक्रम संयोजक मोहन सुवेदीले जानकारी दिनुभयो । यसै सिलसिलामा आज मास्क बैंकको पहिलो दिन भिङ्ग्री बजार आएका ४ सय ७३ जना नागरिकले मास्क लिएर गए भने भएकाले मास्क खरिदको लागि जम्मा ७ हजार २ सय रूपैयाँ दिएर गए ।
सप्ताह व्यापी चलेको कार्यक्रममा आज संस्थाले नगरपालिका भित्रका क्वारेन्टाइनमा रहेका १९ जना नागरिक तथा आइसुलेसनमा रहेका ३ जना कोरोना संक्रमित नागरिक गरी २३ जनालाई फलफुल समेत वितरण गरेको छ ।

यसैगरी ११ गते स्वर्गद्वारी ३ किमिचौरमा लैङ्गिक समानता प्रवद्र्धन अभिमुखीकरण कार्यक्रम गर्ने कार्यक्रम संयोजक सुवेदीले बताए ।
फुलबारी एकीकृत ग्रामीण बिकास संस्थाका अध्यक्ष गुणेन्द्र बहादुर बस्नेतको अध्यक्षतासङ्गै सम्पन्न भएको आजको कार्यक्रममा स्वर्गद्वारी नगरपालिकाका प्रमुख नेत्र बहादुर रोका क्षेत्री प्रमुख आतिथ्यता रहेको थियो ।
संयोजक मोहन सुवेदीले सहजीकरण गरेको कार्यक्रममा बोल्दै नगरप्रमुख रोका क्षेत्रीले यस संस्थाले यो विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरसको रोकथाम तथा नागरिकको सुरक्षाको लागि नगरपालिकासङ्गै सहकार्यमा रहेर अमुल्य सहयोग तथा अतुलनीय योगदान गरेको बताउदै नगरपालिकाको सहजतामा यसरी सक्रिय रूपमा प्रस्तुत भएकोमा धन्यवाद तथा आभार व्यक्त गरे ।







