• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

बाँदरका लागि वनमै फलफूल रोपण सुरू


  •    सुचना डबली डेस्क / २०७७, १३ आश्विन मंगलवार प्रकाशीत

  • Advertisement

    महोत्तरी, असोज १३। बाँदरले बस्ती पसेर घरकै अन्नपात नोक्सान गर्न थालेपछि महोत्तरीको एउटा सामुदायिक वन उपभोक्ता समितिले वन क्षेत्रमै सघन फलफूल रोपण शुरु गरेको छ ।

    जिल्लाको बर्दिवास नगरपालिका–१ को चिहानडाँडा सामुदायिक वन उपभोक्ता समितिले बाँदरलाई वनमै रमाउने बनाउन आफ्नो वन क्षेत्रमा सघन फलफूल रोपण शुरु गरेको हो । यस अभियानअन्तर्गत यसपालि बर्खामा एक हजार ५०० फलफूलका बिरुवा रोपिएको समितिका अध्यक्ष घनश्याम न्यौपानेले जानकारी दिए । “वनमा खानेकुरा नभएपछि बाँदर बस्ती पस्ने हुन्”, अध्यक्ष न्यौपानेले भने , “हामीले बाँदरका मन पर्ने फल वनमा भेटिउन् भनेर यस पालिदेखि सघन फलफूल रोपण शुरु गरेका हौँ ।” यस क्रममा यसपालि गएको बर्खामा अम्बा, अमला, जामुन, फडिर र महुवा गरी एक हजार ५०० बिरुवा रोपिएको न्यौपानेको भनाइ छ ।

    अबको दुई वर्षपछि वनमै फल लटरम्म फल्न थालेपछि बाँदर, अन्य शाकाहारी वन्यजन्तु र चराचुरुङ्गी वनमै रमाउने समितिको ठम्याइ छ । नयाँ फलफूल र अन्य वनस्पति रोपिएसँगै वन क्षेत्र घना हुँदै जाने र वन्यजन्तु त्यहीँ रमाउने अध्यक्ष न्यौपाने बताउनुहुन्छ ।समितिले वन सुरक्षाका लागि एक जना वन हेरालु नै नियुक्त गरेको छ । समितिको सकारात्मक प्रयत्नले प्रदेश–२ सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको पनि साथ पाएको छ । मन्त्रालयले गल्छी र पहिरो नियन्त्रणका उपाय अवलम्बन गर्न उपलब्ध गराएको रु २४ लाख ९५ हजारले वनक्षेत्रका तीनवटा खोल्सीमा चेकड्याम (छहरा बाँध) र एउटा पोखरी निर्माण भएको वन समितिकै उपभोक्ता रहनुभएका बर्दिवास–१ का वडाध्यक्ष चूडामणि पोखरेल बताए ।

    “यो वन क्षेत्रभित्र पानी खोल्सी, साँपमारा र पाटा (बलवनी)समेत तीनवटा मुख्य खोल्सी छन्”, वडाध्यक्ष पोखरेलले भने , “यी खोल्सीमा सघन बाँस रोपण, मानव प्रवेश निषेध र चेकड्याम बनेपछि पहिरो लडेर गेगर्यान बस्ती पस्न कम भएको छ ।” यसपालि धेरै पानी परेको बर्खामा विगत वर्षजस्तो गेगर्यान पसेर घर नलडाएको पोखरेल बताए । बरु यसपालि त सबै खोल्सीमा एक दशकपछि कञ्चन पानी बगिरहेको देख्दा मन प्रफुल्ल हुने गरेको पोखरेलसहित बर्दिवास–१ का बासिन्दा बताउँछन् । चिहानडाँडा वनउपभोक्ता समितिले वन क्षेत्रको सुरक्षा र सम्वद्र्धनमा नमूना काम गरिरहेको डिभिजन वन कार्यालय महोत्तरीको पनि मूल्याङ्कन छ । “चिहानडाँडा सामुदायिक वन उपभोक्ता समितिले वन संरक्षण र सम्वद्र्धनमा राम्रो चासो बढाएको छ”, डिभिजन प्रमुख हेमन्तप्रसाद साहले भने , “हामीले यी सकारात्मक चासोमा सहयोग बढाएका छौँ ।” समितिले सुरक्षाको प्रत्याभूति दिन थालेपछि कार्यालयले नयाँ बिरुवा रोपणका लागि मागअनुसार बिरुवा दिँदै आएको साह बताए । समितिको सकारात्मक प्रयत्नले प्रदेश–२ सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको पनि साथ पाएको छ ।

    मन्त्रालयले गल्छी र पहिरो नियन्त्रणका उपाय अवलम्बन गर्न उपलब्ध गराएको रु २४ लाख ९५ हजारले वनक्षेत्रका तीनवटा खोल्सीमा चेकड्याम (छहरा बाँध) र एउटा पोखरी निर्माण भएको वन समितिकै उपभोक्ता रहेका बर्दिवास–१ का वडाध्यक्ष चूडामणि पोखरेल बताए । रासस

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    मतदाता नामावली संकलन म्याद ५ दिन थपियो
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.