काठमाडौं, असोज १३ । उदयपुरको रौतामाई गाउँपालिका– २ मा रहेको रसुवाखोलाले बगाएर एक महिलाको मृत्यु भएको छ ।
माइती घरबाट फर्कने क्रममा सोहि स्थानमा रहेको रसुवाखोला तर्दै गर्दा ५५ बर्षीया मैया लुङगेली मगरको खोलाले बगाएको जिल्ला प्रहरी कार्यालय उदयपुर जनाएको छ ।
खोलाले बगाउँदा मगरको झण्डै दुई सय मिटर तल झारीमा अड्केको अवस्थामा मैयाको शब फेला परेको प्रहरीले जनाएको छ ।







