• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ/बाणिज्य
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • अर्थ/बाणिज्य
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

        football खेलकुद cricket koche nepal.com power news covid-19 sports messi ट्रेक sandeep nepal

प्यूठानमा जिल्ला स्तरीय मदन भण्डारी मेमोरियल कप क्रिकेट प्रतियोगिता सम्पन्न


  •    सुचना डबली डेस्क / २०७७, १३ आश्विन मंगलवार १९:१३ प्रकाशीत

  • Advertisement
    Advertisement
    Advertisement

    प्यूठान, असोज १३। मदन भण्डारी मेमोरियल कप टि-२० क्रिकेट प्रतियोगिताको उपाधी बाहाने क्रिकेट क्लव ए टिमले जितको छ ।

    मदन भण्डारी स्पोटर्स एकेडेमी नौवहिनि गाउँपालिका ४ कमिटिको आयोजना तथा नेपाली क्रिकेट समर्थक समाज एनसिएसएस प्यूठान शाखाको सहकार्यमा झिमरुक गाउँपालिका ८ दिहाल्नाको प्रस्तावित लालिगुरास रंगशालामा जारी मदन भण्डारी मेमोरियल कप क्रिकेट प्रतियोगिताको मंगलवार भएको फाइनल खेलमा आयोजकलाई २ विकेटले हराउदै बाहाने क्रिकेट क्लव ए टिमले उपाधी जितेको हो ।

    फाइनल खेलमा टस हारेर व्याटिङको निम्तो पाएको आयोजक टिमले निर्धारित २० ओभरमा ९ विकेट गुमाउदै १०३ रन बनाएको थियो ।जसका लागि उमेश घर्तीले ४८ वलमा सर्वाधिक ४५ रन बनाए । १०४ लक्ष्यसहित जवाफि व्याटिमा उत्रेको बाहाने क्रिकेट क्लव ए टिमले १४ ओभरमा ८ विकेट गुमाएर लक्ष्य पुरा गर्यो । बाहानेका लागि भुगर्व के।सीले १९ वलमा सर्वाधिक ४३ रन बनाए ।

    विजेता बाहाने क्रिकेट क्लव ए टिमले नगद रु १५ हजार र प्रमाणपत्र प्राप्त गर्यो भने उपविजेता आयोजक टिमले नगद रु ६ हजारसहित प्रमाणपत्र प्राप्त गर्यो ।

    शनिवारदेखि जारी प्रतियोगितामा १२ टिमले सहभागिता जनाएका थिए । कोरोनाको जोखिम भएकाले स्वास्थ्य मापदण्ड पुरा गरेर खेल गराइएको आयोजकले जनाएको छ ।

    जिल्लामा क्रिकेटको क्रेज एकदमै बढी छ तर स्थानिय तहले क्रिकेट क्षेत्रमा आवश्यक लगानी र चासो नगर्नाले प्यूठानमा क्रिकेट पछि परेको एनसिएसएस प्यूठानका सदस्य शिवराज भुषाले जानकारी दिए। क्रिकेट फ्यान क्रेज अनुसारको चासो सम्बन्धित निकायले दिन सके प्यूठान क्रीकेटले छिट्टै फड्को मार्ने समेत उनले बताए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एलिना चौहान र गणेश ओझाको स्वरमा ‘बडो अप्ठेरो’ गीत सार्वजनिक
    आर्मीको विजयी सुरुवात
    भुकम्प सुरक्षा दिवशको अवसरमा अन्तरक्रिया कार्यक्रम
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. प्रचण्डका राजनीतिक गुरु वामपन्थी नेता कुँवरको निधन

    • २. राष्ट्रपति र प्रधानमन्त्रीद्वारा आफ्ना भारतीय समकक्षीलाई शुभकामना

    • ३. चार सय रुपैयाँले बढ्यो सुनको भाउ

    • ४. राप्ती नदीमा  प्रधानमन्त्रीद्वारा  पुल उद्घाटन

    • ५. टिपरले ठक्कर दिँदा दुईको मृत्यु

    धेरै पढिएको
    • १. घट्यो सुनको मूल्य

    • २. आजबाट युटुबमा ‘छ माया छपक्कै’चलचित्र सार्वजनिक

    • ३. नयाँ स्वरुपको कोरोना भाइरस विश्वका ६० देशमा पुग्यो

    • ४. विदेशी मुद्राको आजको विनिमयदर यस्तो छ

    • ५. लोकगायक रत्न बानियाँको निधन

    हाम्रो बारेमा

    सुचना विभाग दर्ता : १६८४/०७६-७७

    अध्यक्ष: शिशिर के सी

    सम्पादक:किशोर पुन मगर

    सम्पर्क

    कामपा २९ अनामनगर
    सम्पर्क ९८६८६१९८८४
    ई-मेल :suchanadabalimedia@gmail.com

    हामीसङ जोडीनुहोस्

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nTech.