काठमाडौं,असोज १४ । बुधबार सुनचाँदीको मुल्यमा वृद्धि भएको छ ।
सुन तोलामा ५०० रुपैयाँले बढेर छापावाला ९४ हजार ७०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९४ हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यसैगरी, चाँदी पनि बुधबार तोलामा १५ रुपैयाँले बढेर प्रतितोला १ हजार १९० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।