
काठमाडौं, असोज १५ । आज अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस । प्रत्येक वर्षको अक्टोवर १ तारिकका दिन विश्व समुदायले अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस विश्वभरि मनाइन्छ । श्रम सम्बन्धलाई व्यवस्थित गर्दै सन् १८८६ मा श्रमिकको पेशागत मर्यादा र सम्मानको प्रत्याभूति गराउन प्रत्येक मजदुरको लागि ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ को नाराले सार्थकता पाएको सम्झनामा यो दिवस मनाउन थालिएको हो ।
ज्येष्ठ नागरिक भन्नाले सामान्यत ६० वर्षभन्दा बढी उमेरका मानिसलाई जनाउँछ । अहिले विश्वमा झण्डै १५ प्रतिशत मानिस ६० वर्षभन्दा माथिको उमेरका रहेको अनुमान छ । सन् २०५० सम्ममा २० प्रतिशत मानिस ६० वर्षभन्दा माथिका पुग्ने अनुमान छ । २०६८
को जनगणनाअनुसार नेपालमा २४ लाख ६९ हजार मानिस ६० वर्ष माथिका छन् ।
यसर्थ विश्वको इतिहासलाई अवलोकन गर्ने हो भने सन् १९९१ मा मानवअधिकारका लागि विश्वव्यापी घोषणापत्रमा वृद्धवृद्धा अर्थात् ज्येष्ठ नागरिका अधिकारका विषयले प्रवेश पाएको थियो । सो घोषणापत्रमा वृद्धवृद्धाहरूको स्वतन्त्रता, सहभागिता, स्याहारसुसार, स्वनिर्वाह वा सन्तुष्टि र प्रतिष्ठाको उपभोग र उपयोग गौरवपूर्ण ढंगे गर्न पाउनुपर्छ ।
यसैबीच अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले ज्येष्ठ नागरिकलाई सम्मान र सहयोग पुर्याउन आग्रह गरेकी छिन । ३० औं अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा देश तथा विदेशमा रहेका ज्येष्ठ नागरिकको दीर्घायु, सु(स्वास्थ्य, सुख, शान्ति र सम्मानित जीवनका लागि शुभकामना व्यक्त गर्दै उहाँले आ-आफ्नो क्षेत्रबाट ज्येष्ठ नागरिकलाई दिनुपर्ने सम्मान र सहयोग पुर्याउन सबैमा आह्वान गरेकी छिन ।
उहाँले नेपालको सांस्कृतिक परम्परा र पारिवारिक मूल्यको एउटा मुख्य विशेषता ‘मातृदेवोभवः, पितृदेवोभवः’ को भावना रहेको र सामाजिक दायित्वप्रति संवेदनशील यस्ता मौलिक मान्यतालाई आत्मसाथ गर्दै बदलिँदो परिवेशमा ज्येष्ठ नागरिकको सम्मानपूर्ण जीवन सुनिश्चित गर्नु सबैको कर्तव्य भएको बताएकी छिन