
काठमाडौं, असोज १६ । मोरङको उर्लाबारी नगरपालिका–९ जोरबाटोस्थित भित्री सडकखण्डमा मालबहाक ट्रकको ठक्करबाट शुक्रबार बिहान मोटरसाइकल चालकको मृत्यु भएको छ ।
दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको ना ४ ख ३४४३ नम्बरको ट्रकले प्र १–०२०–०४१ प २२२९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो ।
दुर्घटनामा मोटरसाइकल चालक उर्लाबारी –९ का २९ वर्षीय देउकुमार लिम्बूको मृत्यु भएको छ । बिहान ६स् ४० बजेतिर दुर्घटनामा परेर गम्भीर घाइते भएका लिम्बूको उपचारका क्रममा झापाको बी एण्ड सी अस्पताल बिर्तामोडमा मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले जानकारी दिए ।