
काठमाडौं, असोज १९। दक्षिण भारतीय कलाकार तमन्ना भाटियालाई कोरोना पोजेटिभ देखिएको छ । एक वेब सिरिजको शूटिङका दौरानमा उनमा कोरोना संक्रमण भएको हो ।
पछिल्ला दिनहरुमा लक्षण देखिएपछि हैदरावादको एक निजी अस्पतालमा परीक्षण गर्दा उनको रिपोर्ट पोजेटिभ आएको हो। कोरोनाका लक्षण देखिएपछि उनी हैदरावादको एक अस्पतालमा भर्ना भएकी छिन् ।
संक्रमण पुष्टि भएपछि कलाकारहरु तथा फ्यानले तमन्नाको स्वास्थ्यलाभको कामना गरेका छन्। यसअघि अगस्टमा तमन्नाका आमा र बुवालाई पनि संक्रमण भएको थियो। तर उनको रिपोर्ट नेगेटिभ आएको थियो। यसको जानकारी तमन्नाले सामाजिक सञ्जालमार्फत दिएकी थिइन् ।