• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ/बाणिज्य
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • अर्थ/बाणिज्य
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

        football खेलकुद cricket koche nepal.com power news covid-19 sports messi ट्रेक sandeep nepal

लुम्बिनी प्रदेशको राजधानी बारे सही दृष्टिकोण -सूर्य थापा


  •    सुचना डबली डेस्क / २०७७, १९ आश्विन सोमबार ११:४२ प्रकाशीत

  • Advertisement
    Advertisement
    Advertisement

    सुर्य थापा

    केही दिनयता प्रदेशनं ५ को नामाकरण र राजधानी निर्धारणको प्रस्तावले सिंगो देशमा तरंग नै सिर्जना गरेको छ । यस प्रस्तावले अत्यन्तै दूरगामी महत्व बोकेको हुनाले हरेकले तदनुरूप सम्यक र सही दृष्टिकोण बनाउन सक्नुपर्दछ । यस पावन बुद्धभूमिका नागरिकहरूले आफ्ना पूर्वजहरू शाक्यमुनी बुद्ध, महर्षि कपिल, पाणिनी, शशीधर स्वामी र स्वर्गद्वारी महाप्रभुहरूका ज्ञान, आदर्श, ध्यान, शिक्षा र साधनाको मार्गलाई स्मरण गरेर आफ्ना तमाम कार्य र व्यवहारहरू आज निर्देशित गर्नु आवश्यक छ । दिवंगत अग्रज योद्दाहरू जीवराज आश्रित, नेत्रलाल अभागी, गुम्राहा थारू, कृष्णसेन इच्छुक, खुबीराम आचार्य, बरमन बुढा र सिद्धिनाथ ज्ञवाली, अनि जिवित धरोहरू मोदनाथ प्रश्रित, मोहनविक्रम सिंह, मोहन वैद्य र देवेन्द्र घिमिरेसमेतको जन्मरकर्मभूमिको गरिमा राखेर नै हरेकले आआफ्ना समस्त कार्य गरेको शोभायमान हुन्छ । उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा बादल, नेकपाका उपाध्यक्ष वामदेव गौतम, महासचिव विष्णुप्रसाद पौडेल र मुख्यमन्त्री शंकर पोखरेलसहितका नेताहरूले राजीतिक चेतना, शिक्षा, जागरण, संगठन र परिवर्तनको नेतृत्व सम्हालिसक्नुभएको यस प्रदेशले देशलाई २र२ जना सभामुखसमेत दिएर नेतृत्वदायी सामर्थ्य प्रस्तुत गरिसकेको छ । यस क्षमता, हैसियत र परिपक्वतालाई पनि आजका हरेक निर्णयको क्रममा हेक्का राख्नु र अघि बढ्नु अनिवार्य हुन्छ ।

    उल्लिखित समग्र पक्षको विचार गरेर नै यस्ता तमाम निर्णयहरूको सम्मुखमा जिम्मेवारीबोध र साझा भावनालाई आत्मसात् गर्दै अघि बढ्न सकिन्छ । नेतृत्वले राष्ट्रिय दृष्टिकोण र कार्यकर्ताले सन्तुलित एवं वैज्ञानिक व्यवहारका साथ अघि बढेर मात्र जुनसुकै विषय र प्रसंगमा खास नेतृत्व गर्न सकिन्छ ।

    विगतमा पञ्चायती तानाशाहीले समेत यहाँबाट एकजना प्रधानमन्त्री देशलाई दिएको नबिर्सने हो, नेपाली काँङ्गग्रेसबाट सुशील कोइराला प्रधानमन्त्री हुनुभएको तथा दस बर्ष लामो सशस्त्र संघर्षको नेतृत्वका हिसाबले पुष्पकमल दाहालूप्रचण्डू प्रधानमन्त्री बन्नुभएको सम्झिने हो भने र यस क्षेत्रको समेत पार्टी नेतृत्व सम्हाल्नु भएको हैसियतमा वर्तमान प्रधानमन्त्रीले राष्ट्रको नेतृत्व सम्हालिरहनु भएको तथ्य पनि सर्वविदितै छ । तर बहुदलदेखि गणतन्त्र स्थापनापछिको यस लामो कालखण्डमा यस भूभागमा जन्मेका नेताहरूबाट राष्ट्रको नेतृत्वदायी जिम्मेवारी र भूमिका प्रस्तुत हुनसकेको भने पाइँदैन । यो विचारणीय र उल्लेखनीय पक्ष हो ।

    प्रदेश र प्रतिनिधि सभा सदस्य हुनु, मन्त्री, मुख्यमन्त्री र उपप्रधान मन्त्री निर्वाचित हुनु त सामान्यजस्तै भयो १ र, यस्तै जिम्मेवारीले विभिन्न व्यक्तिलमई नेतृत्वका लागि तयार र स्थापित गर्दछन् ।

    खासमा यस्तै महत्वपूर्ण निर्णयहरूर ऐतिहासिक कामले दीर्घकालमा राष्ट्रिय नेतृत्व पैदा गर्ने संभावना र सामर्थ्य राख्दछन् । तसर्थस् यस विषयलाई निम्नबमोजिम तथ्य, तर्क र संभावनाहरूका आधारमा निष्कर्षमा पुग्नु बुद्धिमत्तापूर्ण कदम हुनेछ ।
    १। प्रदेश नं ५ को नाम शान्तिका अग्रदूत गौतम बुद्दको जन्मस्थल रूपनदेहीको लुम्बिनी र राजधानी दाङको देउखुरीमा तोक्नेगरी प्रदेश सरकारको तर्फबाट अघि सारिएको प्रस्ताव सुझबुझपूर्ण, व्यवहारिक र वैज्ञानिक छ । दाङ(देउखुरीका राप्ती र गढवासँगै अर्घाखाँचीको शीतगंगा नगरपालिकाका केही वडाका साथै यसमा निकट रूपमा जोडिएको प्यूठानको सरूमारानी गाउँ पालिकाका १ र २ वडा पनि समेटी प्रस्तुत प्रस्तावलाई अझ व्यापक र स्वीकार्य बनाइनुपर्छ । यसो गर्दा प्रस्तावित राजधानी लुम्बिनी प्रदेशका १२ जिल्लाको पायक र पहुँचमा अवस्थित साँच्चिकै नयाँपनको प्रतीक बनाउन संभव छ ।

    २।नयाँ राजधानी पुग्न पाल्पा, गुल्मी र अर्घाखाँची हुँदै छोटो नयाँ सडक पूर्वाधार बनाउनुपर्ने हुन्छ, जो प्रस्तावित मात्रै नभएर ट्रयाकसमेत बनिसकेको छ । पूर्वी रूकुमबाट रोल्पा, प्यूठान हुँदै राजधानीसम्म हाल बुटवल पुग्न लाग्ने समयभन्दा आधा छिटो संभव हुन्छ । गुल्मीको पश्चिम भेग र प्यूठानको उत्तर पूर्वी भेगका बासिन्दाहरू प्रसतावित मदन भण्डारी मार्गको खण्ड तथा कृष्णसेन आश्रित प्रादेशिक मार्ग हुँदै तथा हाल बाग्दुला (भालुवाङमा संचालनमा रहेको पक्की बाटोबाट नै राजधानी पुग्ने पूर्वाधार विद्यमान छ । साथै, नयाँ राजधानीबाट पूर्वतर्फ दाउन्ने, बर्दघाट, सुनवल र परासी तथा पश्चिमतर्फ बाँके र बर्दिया)कर्णाली पुलको वल्लो छेउसम्म०का बासिन्दा अहिले हालको अस्थायी राजधानी बुटवल आइपुग्न जसरी दिनभरजस्तो समयदलाग्ने अपायक अवस्था छ, यसको सट्टा तीन घण्टामै नयाँ स्थायी राजधानी पुग्न पूर्व(पश्चिम राजमार्गबाटै संभव हुने स्थिति छ ।

    ३। प्रस्तावित स्थायी राजधानीको निर्णयमा नेकपाका आदरणीय अध्यक्षद्वय, महासचिव विय्णुप्रसाद पौडेल र मुख्यमन्त्री शंकर पोखरेलले उन्नत आन्तरिक समझदारी गरेर सबैको मनोदशा र भावनाहरूलाई जोड्नुभएको छ । प्रस्तावित राजधानीले जहाँनिया राणाशासनको अन्त्यपछि बनेको पहिलो संयुक्त सरकारका एक सदस्य भरतमणि शर्मा र दस बर्ष लामो सशस्त्र युद्धका अग्रणी कलमयोद्दा कृष्णसेन इच्छुकको कर्मभूमिसमेतका रूपमा महत्व राख्दछ ।

    ४। राजधानीको यस प्रस्तावलाईअघि बढाउँदा प्रदेशसभाको गत निर्वाचनमा बुटवल र दाङलाई राजधानी बनाइछाड्ने चुनवी एजेन्डाबाट मुक्त गरी नयाँ संभावनायुक्त र पायकपर्ने स्थान रोजिएको छ । अहिले बुटवलबाट १०० किमी पश्चिम तथा तुल्सीपुरबाट ७५ किमी र घोराहीबाट ५० किमी पूर्वको नयाँ ठाउँमा राजधानीको स्थान छानेर सबैका माग र भावनालाई समेटी एकताबद्ध गरिएको छ । अर्थात्, नेताहरूका अलगअलग अडान, इगो र चुनावी प्रतिबद्धतालाई समेत आग्रह पूर्वाग्रहभन्दा माथि उठेर विवेकसम्मतढंगले समेटेर नयाँ प्रस्ताव गरिएको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    यथास्थितीबाट उठौ सम्वृद्धी सम्भब छ : लघु उद्यम विकास मोडल र अबको बाटो
    आर्मी बुवाको नाममा समर्पित
    नारायणी अस्पताललाई कोरोना अस्पताल बनाए पछि कति को ठीक र कति को बेठीक?
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. प्रचण्डका राजनीतिक गुरु वामपन्थी नेता कुँवरको निधन

    • २. राष्ट्रपति र प्रधानमन्त्रीद्वारा आफ्ना भारतीय समकक्षीलाई शुभकामना

    • ३. चार सय रुपैयाँले बढ्यो सुनको भाउ

    • ४. राप्ती नदीमा  प्रधानमन्त्रीद्वारा  पुल उद्घाटन

    • ५. टिपरले ठक्कर दिँदा दुईको मृत्यु

    धेरै पढिएको
    • १. घट्यो सुनको मूल्य

    • २. आजबाट युटुबमा ‘छ माया छपक्कै’चलचित्र सार्वजनिक

    • ३. विदेशी मुद्राको आजको विनिमयदर यस्तो छ

    • ४. नयाँ स्वरुपको कोरोना भाइरस विश्वका ६० देशमा पुग्यो

    • ५. दिलिप र अशिष्माको ‘चल्यो मायाको बतास’भिडियो सार्वजनिक

    हाम्रो बारेमा

    सुचना विभाग दर्ता : १६८४/०७६-७७

    अध्यक्ष: शिशिर के सी

    सम्पादक:किशोर पुन मगर

    सम्पर्क

    कामपा २९ अनामनगर
    सम्पर्क ९८६८६१९८८४
    ई-मेल :suchanadabalimedia@gmail.com

    हामीसङ जोडीनुहोस्

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nTech.