
काठमाडौं, असोज १९ । नवलपरासीमा हात्तीको आक्रमणबाट १ जनाको मृत्यु भएको छ ।
नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को कावासोती नगरपालिका–१२ मा रहेको आइल्यान्ड जङ्गल रिसोर्टमा हात्तीले आक्रमण गर्दा वडा नम्बर १० का ५६ वर्षीय लोकबहादुर खजुवारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।
रिसोर्टमा पालिएको निजी हात्तीलाई पानी खुवाउन लैजाने क्रममा सोमबार लोकबहादुरलाई हात्तीले आक्रमण गरेको थियो ।
मृतकको शव परीक्षणका लागि भरतपुर अस्पताल लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ ।