काठमाडौं, असोज १९ । जम्मु काश्मिरको पुलवामा भएको आतंकवादी आक्रमणमा २ भारतीय सैनिक (सीआरपीएफ)को मृत्यु भएको छ ।
पुलवाको पामपोर क्षेत्रमा भएको आक्रमणमा उनीहरु मारिएका हुन् । एक्कासि भएको आतंकवादी आक्रमणमा ५ जवान घाइते भएका थिए ।
घाइते ५ जनामध्ये २ जनाको उपचारका क्रममा मृत्यु भएको हो । घाइते अन्य ३ जवानको उपचार भैरहेको भारतीय सञ्जार माध्यमले जनाइएको छ ।
आक्रमण पंपोर बाइपासमा सोमबार १२ बजेर ५० मिनेट जाँदा भएको थियो ।आक्रमणकारीले सीआरपीएफ र जम्मू कश्मीरका पुलिसकर्मीहरुको टोलीलाई लक्षि गरि गोली प्रहार गरेका थिए। आक्रमणकारीको खोजी भइरहेको छ। एजेन्सी







