काठमाडौं, असोज २० | धनकुटाकी समिता ढुङ्गेलले बीबीएस प्रथम बर्षमा सर्वोत्कृष्ट अंक ल्याएकी छन् ।
लिवर्टी कलेज धनकुटामा अध्ययनरत ढुङ्गेलले व्यवस्थापन (बीबीएस) तर्फ स्नातक तह प्रथम बर्षमा ८४ दशमलव २ प्रतिशत अंक ल्याएकी हुन् ।यो नेपालकै सर्वोत्कृष्ट अंक भएकाले ढुङ्गेल नेपाल प्रथम भएको लिवर्टी कलेजले दावी गरेको छ ।
बीबीएस प्रथम बर्षका बिद्यार्थी मध्ये सबैभन्दा धेरै अंक ल्याउँदै समिता नेपाल प्रथम भएको लिवर्टीका क्याम्पस प्रमुख हिमसागर कार्कीले दावी गरे । ‘हामीले काठमाडौं, बिराटनगर, पोखरा लगायत क्षेत्रका धेरै कलेजहरुमा बुझ्यौ ।
तर, ८० प्रतिशत कटाउँने विरलै छन् ।’ क्याम्पस प्रमुख कार्कीले भने–‘हामीले हालसम्म बुझे अनुसार समिताले भन्दा बढी अंक कसैले पनि नल्याएकाले समिता नेपाल टप भएको हाम्रो दावी हो ।’







