
काठमाडौं, असोज २० | कारको ठक्करबाट गम्भीर घाइते भएका अफगानिस्तानका ब्याट्सम्यान नजीबुल्लाह ताराकाईको निधन भएको छ । गत शनिबार पूर्वी नानाघारमा सडक पार गर्ने क्रममा कारले ठक्कर दिएपछि उनी गम्भीर घाइते भएका थिए । त्यसपछ उनलाई तत्कालै अस्पताल लगिएको थियो ।
२९ वर्षीय नजीबको आइसियूमा उपचारकै क्रममा उनको निधन भएको अफगानिस्तान क्रिकेट बोर्डले मङ्गलबार विहान ट्वीटमार्फत् जानकारी गराएको हो ।बोर्डले एक प्रतिभाशाली आक्रामक ओपनिङ ब्याट्सम्यान नजीबको २९ वर्षको अल्पायुमै भएको निधनले मर्माहत भएको र सिंगो क्रिकेट बोर्डलाई ठुलो क्षति पुगेको बताएको छ । एजेन्सी