
काठमाडौं, असोज २१ । भारतीय अभिनेत्री काजल अग्रवालको विवाह अक्टोबरमा हुने भएको छ। मंगलबार उनले इन्टाग्राममा पोस्ट गर्दै गौतम कित्च्लुसँग विवाह गर्न लागेको बताएकी छन्।
काजलले विवाह अक्टोबर ३० तारिकमा मुम्बईमा हुने उनले बताएकी छन्। विवाह मुम्बइमा हुनेछ। कोरोनाका कारण विवाह समारोहमा उनका परिवार मात्रै सहभागी हुनेछन्। विवाहपछि पनि अभिनयलाई निरन्तरता दिने उनले बताएकी छन्।
उनले सन् २००४ मा क्यूँ हो गया ना फिल्मबाट आफ्नो फिल्मी करियर सुरू गरेकी थिइन् भने पछि मागधिरा‚ सिंगम, मुम्बई सागा, खेलाडी नम्बर १५०, जिल्ला, पेरिस पेरिस, टेम्परलगायतका बहुचर्चित सिनेमामा अभिनय गरेकी छन्।