
काठमाण्डौं, असोज २१ । बागलुङमा कार्यरत २७ जना र बेनीका २ जना नेपाली सेनालाइ कोरोना संक्रमण पुष्टि भएको छ ।
गण्डकी स्वास्थ्य निर्देशनालय पोखराले जारी गरेको विज्ञप्तिमा उल्लेख भएअनुसार गण्डकीका ६ जिल्लामा संक्रमित थपिएका हुन्। बागलुङमा रहेको श्री नं.२३ बाहिनी, सेरा डिल व्यारेकमा कार्यरत २७ जना नेपाली सेनामा संक्रमण पुष्टि भएको छ। उनीहरू यसअघि संक्रमण भएका सेनाका जवानहरुको सम्पर्कमा आएकाले जाँच भएको थियो।