
काठमाडौं, असोज २३ । यस वर्षको नोबेल पुरस्कार संयुक्त राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रम (यूएन डब्लूएफपी) लाई प्रदान गरिने घोषणा गरिएको छ।
डब्ल्यूएफपीलाई यो पुरस्कार भोकमरीविरुद्धको प्रयास, युद्धग्रस्त क्षेत्रको अवस्थामा सुधारको लागि पुर्याएको योगदान र भोकमरीलाई द्वन्द्व तथा युद्धको हतियार बन्नबाट रोक्न गरेको कामको कदर गर्दै डब्ल्यूएफपीलाई यो पुरस्कार दिने निर्णय गरिएको हो ।
कार्यक्रमका प्रवक्ताले पुरस्कृत हुनुलाई ‘गर्वको क्षण’ भएको बीबीसीसँग बताएका छन्। १०१ औं नोबेल शान्ति पुरस्कारको राशी ११ लाख अमेरिकी डलर रहेको छ।
नोबेल शान्ति पुरस्कार यसअघि २४ संस्थाहरुलाई प्रदान गरिइसकेको छ । यससँगै यस वर्षका लागि अहिलेसम्म पाँच विधामा नोबेल पुरस्कारको घोषणा भइसकेको छ । आगामी सोमबार आर्थिक विज्ञानतर्फको नोबेल पुरस्कारको घोषणा हुनेछ । एजेन्सी