
प्यूठान, असोज २३ । प्यूठानमा थप ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
शुक्रवार प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परिक्षणमा ३७ जना र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको परिक्षणमा १ जनालाई कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय प्यूठानले जनाएको छ । कार्यालयका अनुसार संक्रमित नौवहिनि गाउँपालिकाका १४ जना, सरुमारानी गाउँपालिकाका १० जना, झिमरुक गाउँपालिकाका ८ जना, माण्डवी गाउँपालिकाका ४ जना, मल्लारानी गाउँपालिकाका १ जना र स्वर्गद्वारी नगरपालिकाका १ जना रहेका छन् । संक्रमित २ जना महिला र ३६ जना पुरुष १८ देखि ५८ वर्ष उमेर समुहका रहेको छन् ।
यससँगै प्यूठानमा कोरोना संक्रमितको संख्या ६०२ पुगेको छ जसमध्ये ५४५ जना निको भएर घर फर्किसकेका छन् भने २ जना संक्रमितको मृत्यु भएको छ ।