काठमाडौं, असोज २४ । खोटाङमा ढुङ्गा प्रहार गरी श्रीमानले श्रीमतीको हत्या गरेका छन् ।
खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ तालखर्ककी ४४ वर्षीया ज्ञानकुमारी पुरीलाई आफ्नै श्रीमान ४२ वर्षिय डम्बरबहादुर गिरीले मसला पिस्ने लोहोरो प्रहार गरी हत्या गरेका जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।
घरायसी विवादका क्रममा ढुङ्गावाट गम्भीर वनेकी ज्ञानकुमारीको मृत्यू भएको हो ।
घाईंतेको जिल्ला अस्पताल दिक्तेलमा उपचार सम्भव नभएपछि थप उपचारका लागि काठमाडौँ लाने क्रममा असोज २३ गते दिउसो बाटैमा मृत्यु भएको हो ।
घटनाको बारेमा टोली परिचालन गरेर अनुशन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।