• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ/बाणिज्य
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • अर्थ/बाणिज्य
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football खेलकुद cricket koche nepal.com power news covid-19 sports messi ट्रेक sandeep nepal

महिलाले पाए गाउँमै परिवार नियोजन सेवा


  •    सुचना डबली डेस्क / २०७७, २४ आश्विन शनिबार प्रकाशीत

  • Advertisement
    Advertisement
    Advertisement

    काठमाडौं,असोज २४ । लामो अवधिको जन्मान्तरका लागि गाउँमै सेवा पाएपछि टीकापुर ४ का महिला खुसी भएका छन्। टीकापुर(४ अस्नेहरीमा भएको लामो अवधिको जन्मान्तरका लागि स्याटेलाइट क्लिनिकमा इम्प्लान्ट सेवा लिएकी सीमा कार्कीले अब पाँच वर्षका लागि ढुक्क भएको बताइन्।

    कार्कीले भनिन्, “इम्प्लान्ट सेवा लिन टीकापुर अस्पताल जानुपर्थ्यो, स्वास्थ्यकर्मी गाउँमै आए, म जस्तै धेरै महिलालाई सजिलो भयो ।”
    टीकापुर(४ कै सुनिता चौधरीले एउटा बच्चा हुँदा गत वर्ष जन्मान्तरका लागि केही साधन प्रयोग गरौँ भनी श्रीमानसँग सल्लाह गरिन् तर उनका श्रीमानले वास्ता गरेनन्। सुनिताका हाल दुई बच्चा छन्। पहिलो बच्चा ढाइ वर्षको छ भने अर्को बच्चा चार महिना पुगिसक्यो। सुनितालाई दोस्रो बच्चा जन्मेदेखि जन्मान्तरका लागि केही गर्न पाएँ हुने भएको थियो।

    “म फेरि गर्भ रहन सक्छ भनी चिन्तामा थिएँ। यस्तो महामारीको समयमा अस्पताल जानसमेत सकेकी थिइनँ,” सुनिताले भनिन, “गाउँमै सेवा पाएँ अब पाँच वर्ष ढुक्क भयो।” सुनिता स्थानीय सरकारले महिलाका यस्तै खाले समस्या बुझ्न आवश्यक रहेको बताउँछन्। शुक्रबार भएको स्याटेलाइट क्लिनिकमा वडा नं ४ का ३० महिलाले इम्प्लान्ट सेवा लिएका छन्। इम्प्लान्ट राखेमा पाँच वर्ष जन्मान्तरका लागि ढुक्क हुन्छ।

    लामो समयसम्म अपनाइने परिवार नियोजनका साधन प्रयोग गर्न चाहनेका लागि स्याटेलाइट क्लिनिक गरिएको सिनियर अनमी हेमा ज्ञवालीले बताइन्। उनले वडास्तरमा मागअनुसार अन्य वडामा पनि सञ्चालन हुँदै आएको बताइन्।

    “हामीले स्वयंसेविकामार्फत् महिलालाई कस्तो खालका सेवा आवश्यक छन् भनी बुझ्छौँ,” ज्ञवालीले भनिन्, “नगरपालिकाले सुरक्षाका मापदण्ड अपनाएर गाउँमै गएर सेवा दिने योजना बनाएको छ। ”

    ज्ञवालीले परिवार नियोजनमा अस्थायी साधन प्रयोग गर्नेमा ७० प्रतिशत महिला रहेको बताइन्। टीकापुर नगरपालिका जनस्वास्थ्य प्रवर्द्धन उपशाखाको आयोजनामा भएको कार्यक्रममा धनसिंहपुर स्वास्थ्यचौकीकी अनमी कमला शर्मा र अस्नेहरी शहरी स्वास्थ केन्द्रकी मेलिना केसीले सेवा दिका थिए। रासस

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एसइई परीक्षाको नतिजा आज सार्वजनिक गरिँदै
    सम्झना भण्डारीको तीज गीत ‘मै राम्री छैन’ युट्युबको ट्रेण्डिङमा
    मन्त्री क्वार्टरमा राखिएका भाँडाकुँडाहरु पूर्वमन्त्रीको भान्सामा
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. सिंहको अध्यक्षतामा साहित्य परिषद प्युठान-काठमाडौँ सम्पर्क समिति गठन

    • २. वृक्षारोपण कार्यक्रम सम्पन्न

    • ३. क्रान्तिकारिले सप्ताहब्यापी कार्यक्रम संचालन

    • ४. रिजाल बन्धुहरूको देवाली कुलपूजा मंसिर १५ मा हुने पक्का

    • ५. विषालु च्याउ खाँदा पाँचजना बिरामी

    धेरै पढिएको
    • १. सिंहको अध्यक्षतामा साहित्य परिषद प्युठान-काठमाडौँ सम्पर्क समिति गठन

    हाम्रो बारेमा

    सुचना विभाग दर्ता : १६८४/०७६-७७

    अध्यक्ष : शिशिर के सी

    सम्पादक : किशोर पुन मगर

    संवाददाता : रिखिराम जि सी

    सम्पर्क

    कामपा २९ अनामनगर
    सम्पर्क ९८६८६१९८८४
    ई-मेल :suchanadabalimedia@gmail.com

    हामीसङ जोडीनुहोस्

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.