
काठमाडौं, असोज २५ । चिकित्सा शिक्षा क्षेत्रको सुधारको माग गर्दै विगत २८ दिन देखि अनशनरत प्राडा गोविन्द केसी र सरकारबीच गए राति ८ बुँदे सहमति भएको छ ।सरकारसँग ८ बुँदे सम्झौता भएपछि डा गोविन्द केसीले २८ औं दिनमा आज अनशन तोडेका छन्।
सहमति अनुसार २८ दिनदेखि अनशनरत डाक्टर केसीले आज बिहान साढे ९ बजे अनशन तोड्ने भएका छन् ।शिक्षण अस्पतालका सरसफाई सहयोगी ४६ वर्षका विकास नेपालीबाट जुस खाएर उनले अनशन तोडेका हुन्।
शनिबार राति सरकारी पक्ष र डा केसी पक्षबीच वार्ता भएपछि ८ बुँदे सहमति भएको हो। उनले गत भदौ २९ गते जुम्लाबाट अनशन थालेका थिए।
सहमति डा केसीका ६ बुँदे मागका ६ वटा सहमति छन्। ७ नम्बर बुँदामा उक्त सहमतिलाई सम्बन्धित निकायमा लैजाने र ८ नम्बर बुँदामा अनशन तोड्ने विषय उल्लेख छ।