काठमाडौं, असोज २५ । वीरगंजमा गाडीको टायरमा हावा भर्ने क्रममा टायर पड्किँदा एकजनाको मृत्यु भएको छ ।
वीरगंज महानगरपालिका वडा नं १५ स्थित बाईपास सडकखण्डमा रहेको टायर पन्चर बनाउने पसलमा कार्यरत जितपुर सिमरा उपमहानगरपालिकाका ऋषि चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय विरगन्जले जनाएको छ ।
अर्को ट्रक चालक समान्य घाईते भएका छन् ।







