• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

छुट्टाछुट्टै स्थानबाट तास खेलिरहेको अवस्थामा १३ जना पक्राउ


  •    सुचना डबली डेस्क / २०७७, २५ आश्विन आईतवार प्रकाशीत

  • Advertisement

    काठमाडौं, असोज २५ । छुट्टाछुट्टै स्थानबाट तास खेलिरहेको अवस्थामा १३ जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ । भक्तपुरको सूर्यविनायक नगरपालिका-१ सिरूटार बिरुवास्थित श्याम थापाको चिया पसलमा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ५२ वर्षीय राजेन्द्रकुमार थापालगायत चार जनालाई प्रहरीले पक्राउ गरेको छ।

    विशेष सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले उनीहरूलाई तास खेलिरहेको अवस्थामा नगद एक लाख नौ हजार ३०० रूपैयाँसहित फेला पारी पक्राउ गरेको प्रहरीले जनाएको छ।

    यसैगरी चितवनको कालिका नगरपालिका ४ मा रहेको ग्रिन टप कटेजमा तास खेलिरहेको अवस्थामा सोही ठाउँका ३७ वर्षीय बलबहादुर नेपालीलगायत पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय टाँडीबाट खटिएको प्रहरीले उनीहरूलाई तास खेलिरहेको अवस्थामा नगद दुई लाख २९ हजार ७८० रुपैयाँ र एक बुक ताससहित फेला पारी पक्राउ गरेको हो । फरार रहेका उक्त कटेजका सञ्‍चालकलाई प्रहरीले खोजी गरिरहेको छ ।

    यस्तै नवलपरासी ९पूर्व०को मध्यविन्दु नगरपालिका(२ गैह्री टोलस्थित ईभान कटेज एण्ड रेस्टुरेण्टमा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३३ वर्षीय हेमकान्त चौधरीलगायत चार जनालाई शनिबार बेलुका प्रहरीले पक्राउ गरेको छ।

    जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वबाट खटिएको प्रहरीले उनीहरूलाई तास खेलिरहेको अवस्थामा एक लाख ५८ हजार ८८० रूपैयाँ नगद र ताससहित फेला पारी पक्राउ गरेको जनाएको छ।

    घटनाहरूका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    धनुषामा गोली हानेर वडाध्यक्षको हत्या
    अर्घाखाँचीका भाटले गरे २४ वर्षको उमेरमा १७ पटक रक्तदान
    जेन-जी प्रदर्शनको क्रममा ज्यान गुमाउनेको संख्या ५१ पुग्याे
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.