
काठमाडौं,असोज २६ | धादिङको थाक्रेमा गुडिरहेको एक बसमा आगो लागेको छ ।
सोमबार बिहान सवा तीन बजे थाक्रे गाउँपालिका–१ ढाँडे सिम्लेमा ना ५ ख ६९० नम्बरको बसमा आगो लागेको हो ।बसका चालक गोविन्द थापाले गुडिरहेको बेला अचानक आगो लागेको बताएका इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक भोजराज पाण्डेयले बताए ।
बसमा लागेको आगो दमकलको सहयोगमा निभाइएको उनले जानकारी दिए ।