
प्यूठान, कार्तिक ३ । प्यूठान अस्पतालमा कार्यरत डाक्टरहरुलाई कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालमा ओपिडी सेवा बन्द गरिएको छ ।
अस्पतालमा कार्यरत चार जना डाक्टर र १ जना ईमरजेन्सीमा कार्यरत कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि ओपिडी सेवा बन्द गरिएको प्यूठान अस्पतालका अस्पताल व्यवस्थापन अधिकृत राजन घिमिरेले जानकारी दिए।
अस्पतालमा अर्को सुचना नआञ्जेल सम्मका लागि ओपिडी, फिजियोथेरापी र डेन्टल सेवाहरु बन्द गरिएको उनले बताए। यो अवधिमा ईमरजेन्सी र प्रसुती सेवालाई भने निरन्तरता दिईने उहाँको भनाई छ । कोरोना परिक्षण नगराउनु भएका डाक्टरहरुपनि बिरामी रहेकाले आजदेखी ओपिडी सेवा बन्द गरी पिसीआर परिक्षणका लागि स्वाव संकलन गरिने उनले बताए ।
डाक्टरहरुलाई कोरोना संक्रमण पुष्टि भएपछि अन्य व्यक्ति तथा बिरामीहरुमा कोरोना नसरोस भन्नका लागि ओपिडी सेवा बन्द गरिएको हो । प्यूठानमा हालसम्म कोरोना संक्रमितको संख्या ७२० पुगेको छ भने हाल संक्रिय संक्रमित १२७ जना रहेका छन् । आईतबार मात्रै जिल्लामा ३१ जना संक्रमित थपिएका थिए । कोरोना संक्रमणका कारण यसपूर्व प्यूठानमा दुई जनाको मृत्यु समेत भएको छ ।