
काठमाडौं, कात्तिक १५ । अमेरिकामा कोरोनाभाइरसबाट दैनिक संक्रमित हुने दर अहिलेसम्मकै उच्च विन्दूमा पुगेको छ । एकैदिन एक लाखभन्दा धेरैमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
कुनै पनि देशमा एकैदिन एक लाखभन्दा बढी संक्रमित फेला परेको यो पहिलो पटक हो ।
वल्ड्रोमिटरका अनुसार गएको २४ घण्टामा अमेरिकामा मात्रै एक लाख एक हजारभन्दा धेरैमा कोरोना पुष्टि भएको छ । योसँगै अमेरिकामा सङ्क्रमितको संख्या ९३ लाख १६ हजार नाघेको छ । यस्तै थप ९ सय ८८ जनाको ज्यान गएसँगै कोरोनाका कारण अमेरिकामा मात्रै ज्यान गुमाउनेको संख्या २ लाख ३५ हजार नाघेको छ ।
६० लाख २४ हजार भने निको भएका छन् ।