
काठमाडौं, कात्तिक १५ । कैलाली र डडेल्धुरामा २ लाख ५१ हजार नगदसहित ४० जुवाडे पक्राउ परेका छन् ।
कैलालीको जोशीपुर गाउँपालिका १ स्याउलेबाट २ लाख ५१ हजार ४ सय नगदसहित २९ जुवाडेलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेहरुमा अधिकांश स्थानीय व्यापारी छन् ।
डडेल्धुरामा गएराति ८ बजे जिल्ला सदरमुकाम अमरगढी ५ मा रहेको मनोज सिजापतीको खाली घरमा जुवा खेलाई रहेको भन्ने गोप्य सुचनाका आधारमा पक्राउ गरिएको हो। १३ जनाको प्रहरी टोलीले उक्त ठाउँमा गई छापा मार्दा ११ जुवाडेहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धान अगाडि बढाईएको प्रहरीले जनाएको छ ।