• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

एक किशोरीसहित तीनको शव फेला


  •    सुचना डबली डेस्क / २०७७, १५ कार्तिक शनिबार प्रकाशीत

  • Advertisement

    काठमाडौं, कात्तिक १५ । कञ्चनपुरको कृष्णपुर नगरपालिका–४ मालुमेलास्थित जङ्गलमा आज बिहान दुई जनाको शव भेटिएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार जङ्गलमा कैलालीको गोदावारी नगरपालिका–११ का १५ वर्षीय टेकबहादुर कोली र १६ वर्षीय सीता साउदको शव भेटिएको हो ।

    दुवै जना गत असोज २८ गतेदेखि परिवारको सम्पर्क बाहिर रहेको र आज बिहान जङ्गलमा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले जानकारी दिनुभयो ।

    “दुवै जना २८ गतेदेखि परिवारको सम्पर्क बाहिर रहेको बुझिन आएको छ” प्रवक्ता थापाले भन्नुभयो, “ घटनास्थल नजिकै सल्फास नामक विषादीको बट्टा पनि भेटिएको छ ।” घटनाको विस्तृत अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय झलारी र कृष्णपुरको गुलरीया प्रहरी चौकीबाट प्रहरी टोली घटनास्थलमा खटिएको छ । प्रहरीले कोलीको शव सडिसकेको अवस्थामा भेटिएको जनाएको छ ।

    त्यसैगरी कञ्चनपुरको महाकाली नदीमा आज बिहान भीमदत्त नगरपालिका–६ का २३ वर्षीय सरोज चौधरीको शव भेटिएको छ । गत मङ्गलबार साथीहरुसँग दोधारा चाँदनी झोलुङ्गे पुल घुम्न गएका बेला नुहाउने क्रममा चौधरी बेपत्ता भएका थिए । प्रहरी प्रवक्ता थापाका अनुसार झोलुङ्गे पुलबाट करिब दुई सय मिटर दक्षिण चौधरीको शव भेटिएको हो । बेपत्तापछि प्रहरी र स्थानीयवासी खोजी कार्यमा जुटेपनि चौधरीको अवस्था पत्ता लगाउन सकेका थिएनन् ।

    आज बिहान भने नदीमा माछा मार्ने क्रममा शव भेटिएको हो । प्रहरीले आवश्यक कानूनी प्रक्रिया पूरा गरेर शव आफन्तको जिम्मा लगाउने जनाएको छ । रासस

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    धनुषामा गोली हानेर वडाध्यक्षको हत्या
    अर्घाखाँचीका भाटले गरे २४ वर्षको उमेरमा १७ पटक रक्तदान
    जेन-जी प्रदर्शनको क्रममा ज्यान गुमाउनेको संख्या ५१ पुग्याे
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.