• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ/बाणिज्य
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • अर्थ/बाणिज्य
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

        football खेलकुद cricket koche nepal.com power news covid-19 sports messi ट्रेक sandeep nepal

५ जिल्लाबाट ५० जुवाडे पक्राउ


  •    सुचना डबली डेस्क / २०७७, १६ कार्तिक आईतवार १५:०२ प्रकाशीत

  • Advertisement
    Advertisement
    Advertisement

    काठमाडौं,कात्तिक १६ । प्रहरीले मोरङ, ललितपुर, दाङ, काठमाडौं र भक्तपुरबा ५० जुवाडे पक्राउ गरेको छ । पछिल्लो चौबीस घण्टामा प्रहरीले ती जुवाडेलाई पक्राउ गरेको हो ।

    मोरङ, केराबारी गाउँपालिका ६ बस्‍ने भुपेन्द्र भट्टराईको घरमा तास खेलिरहेको अवस्थामा ५ जनालाई ८ लाख ८९ हजार २ सय ५० रुपैयाँ र १३ बुक ताससहित प्रहरीले पक्राउ गरेको छ ।

    दाङ  आइतबार घोराहीमा जुवा खेल्ने पाँच जना पक्राउ परेका छन् । घोराही उपमहानगरपालिका–१८ नवलपुरस्थित एक निर्माणाधीन घरमा जुवा खेलिरहेको सूचना पाएपछि पुगेको प्रहरीले आइतबार बिहान ३ लाख २३ हजार ६० रुपयाँ नगदसहित उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख एसपी गणेश चन्दले बताए ।

    पक्राउ पर्नेहरुमा घोराही–१० का २६ वर्षीय अनिलकुमार थापा, २५ वर्षीय केशव डाँगी, २६ वर्षीय कमल रावत, घोराही १५ का २७ वर्षीय वसन्त भण्डारी र घोराही–१८ का ३६ वर्षीय धर्म ज्ञवाली छन् ।

    भक्तपुर १०, कमलविनायक बस्‍‍ने माधव सुवालको घरमा तास खेलिरहेको अवस्थामा माधवलगायत १२ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई नगद १ लाख ९० हजार ५ सय रुपैयाँ र ७ बुक तास बरामद भएको छ ।

    काठमाडौं महानगरपालिका १५, विजेश्वरीमा तास खेलिरहेको अवस्थामा सोही ठाउँ चमति बस्ने काभ्रेको रोशी गाउँपालिका घर भएका २२ वर्षीय विक्रम लामासमेत १० जनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख ५३ हजार ५ सय रुपैयाँ र ६ बुक ताससहित पक्राउ गरेको हो ।

    यस्तै ललितपुरको महालक्ष्मी नगरपालिका ७, चांगाथलीस्थित शंखर बस्नेतको घरमा कौडा खेलिरहेको अवस्थामा भक्तपुर सूर्यविनायक नगरपालिका २ बस्ने ४९ वर्षीय सुरेश पौडेललगायत १८ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुको साथबाट ११ लाख ५४ हजार ५ सय ७५ रुपैयाँ र १६ थान कौडा बरामद भएको प्रहरीले जनाएको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    माइक्रोले तीनवटा सवारीलाई ठक्कर दिँदा ९ जना घाइते
    आज सुनको मूल्यमा गिरावट
    सिरहामा युवकको शङ्कास्पद मृत्यु
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. माइक्रोले तीनवटा सवारीलाई ठक्कर दिँदा ९ जना घाइते

    • २. विप्लव समूहसँग वार्ता गर्न वार्ता टोली गठन

    • ३. आज सुनको मूल्यमा गिरावट

    • ४. सिरहामा युवकको शङ्कास्पद मृत्यु

    • ५. राष्ट्रपतिद्वारा प्रतिनिधिसभाको अधिवेशन फागुन २३ गते

    धेरै पढिएको
    • १. जिल्ला स्तरीय टेबल टेनिसमा न्यु होराईजन प्रथम

    • २. हाइटीको जेलबाट २०० भागे, २५ को मृत्यु

    • ३. सन्दीप लाहोर क्वालन्डर्सबाट पीएसएल खेल्ने

    • ४. नेपाल नियमित रक्तदाता संघद्वारा ११५ पिन्ट रगत संकलन

    • ५. केरुङ नाका सोमबारदेखि सञ्चालन हुने

    हाम्रो बारेमा

    सुचना विभाग दर्ता : १६८४/०७६-७७

    अध्यक्ष: शिशिर के सी

    सम्पादक:किशोर पुन मगर

    सम्पर्क

    कामपा २९ अनामनगर
    सम्पर्क ९८६८६१९८८४
    ई-मेल :suchanadabalimedia@gmail.com

    हामीसङ जोडीनुहोस्

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nTech.