
काठमाडौं,कात्तिक १७ | बलिउड अभिनेता शाहरुख खानको आज जन्मदिन परेको छ । सन् १९६५ नोभेम्बर दुई तारिखका दिन जन्मिएका शाहरुख आजबाट ५५ बर्षमा प्रवेश गरेका छन् ।
उनलाई बलिउडको ‘बादशाह’ उपनामले पनि चिनिने गरिन्छ । उनले फिल्म ‘दिवाना’ बाट बलिउडमा डेब्यु गरेका थिए । खासमा उनले अभिनय यात्रा टेलिभिजनमा सिरियल ‘फौजी’ बाट सुरु गरेका थिए ।
निक्कै उतारचढावमा पार गर्दै बलिउडमा ३ दशक बिताएका खानलाई सफल नायक हुन् ।
शाहरुखले अभिनय गरेका फिल्ममा कुछ कुछ होता हे, बाजिगर, दिलवाले दुल्हनिया ले जायंगे, मोहब्बते, चल्ते चल्ते, कोइला, करण अर्जुन, माइ नेम इज खान, ओम शान्ती ओम, रब ने बनादी जोडी, रा वन, डन, चेन्नाई एक्सप्रेस, अिझै पनि चर्चामा छन् ।
उनले अभिनय गरेको फिल्म ‘दिलवाले दुल्हनिया ले जायंगे’ २५ बर्षदेखि भारतमा रिलिज भैरहेको छ ।
एउटा सामान्य परिवारमा जन्मिएर आफ्नो लगनका साथ अभिनयमा लागेका उनी विश्वको दोश्रो धनी कलाकार बनेका छन् ।