
काठमाडौं,कात्तिक १९ । पूर्वसभामुख कृष्णबहादुर महरालाई पत्नीशोक परेको छ।
काठमाडौंको नर्भिक अस्पतालमा उपचाररत सीताको आज बिहान ६:२५ बजे निधन भएको हो। उनी विगत १० वर्षदेखि उनी माइस्थेनिया नामक रोगबाट पीडित थिइन् । दसैँमा पुर्ख्यौली घर रोल्पा मेबाङ गएको बेला स्वास्थ्यमा सामान्य समस्या देखिएपछि उनलाई कात्तिक १३ गते दाङस्थित गोर्खा अस्पतालमा भर्ना गरिएको थियो ।
नर्भिकमा पिसिआर टेष्ट गर्दा कोरोना पोजेटिभ देखिएको थियो। १५ गतेदेखि भेन्टिलेटरमा राखेर उपचार गरिँदै आएको थियो।