
काठमाडौं,कात्तिक १९ : गुराँस गाउँपालिका –१ सेफ्टी दैलेखकी एक युवतीको दुई दिनपछि शव फेला परेको छ । डुङ्गेश्वर गाउँपालिका–६ लटालीको २१ बर्षिय सुनिता विक शव मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायव उपरीक्षक (डीएसपी) अनुपम श्रेष्ठले जानकारी दिए ।
‘श्रीमानसँगको सम्बन्ध राम्रो नभएकाले ६ महिनादेखि माइती घरमा बस्दै आएकी तथ्य खुलको छ’, प्रहरी प्रमुख श्रेष्ठले भने ।‘मृतक अवस्थामा भेटिएकी युवती सोमबार बाख्रा चराउन घरबाट हिँडेपछि हराउनुभएको रहेछ, उनको खोजीका लागि परिवारजनले प्रहरीलाई खबर गरेको थिएन्,’
प्रहरीले आवश्यक सोधपुछका लागि श्रीमानलाई नियन्त्रणमा लिएको छ ।
मृतकका आफन्तले बलात्कारपछि हत्या भएको हुनसक्ने आशंका गरेका छन् । माइती परिवार र आफन्तले घटनाको स्वतन्त्र र निष्पक्ष अनुसन्धान गरी घटनामा संलग्न जो कोहीलाई कानुनी दायाराभित्र ल्याई कानुनी कारबाहीको गर्न माग गरेका छन् । ती महिलाको शव पोष्ट मार्टमका लागि दैलेख अस्पतालमा राखिएको छ ।
यो घटना शंकास्पद भएको कारण प्रहरीले गम्भीर रुपमा थप अनुसन्धान गरिरहेको डिएसपी श्रेष्ठले जानकारी दिए ।