
काठमाडौं,कात्तिक १९ । बलिउड अभिनेता फराज खानको ४६ वर्षको उमेरमा निधन भएको छ।
बुधबार अभिनेता खानको बेलगुरुको एक अस्पतालमा उपचारकै क्रममा निधन भएको पूजा भट्टले यो जानकारी दिएकी हुन् । सामाजिक सञ्जाल ट्विटरमार्फत निधनको जानकारी दिँदै उनले दुःख समेत व्यक्त गरेकी छन्।
‘भारी मनका साथ यो खबर भनिरहेकी छु कि फराजले हामी सबैलाई छाडेर गए, उनले छाडेको रिक्त ठाउँ कसैको उपस्थितिले पनि भरिँदैन’, उनले लेखेकी छन्। उनले मद्दतका लागि सबैलाई धन्यवाद दिँदै दुःखद् घडीमा परीवारलाई साथ दिन समेत आग्रह गरेकी छन्।
फराज बैंगलुरुमा एक अस्पतालमा आइसियुमा भर्ना भएका थिए । उनी त्यहाँ भेन्टिलेटरमा थिए । न्यूरोलोजिकल डिसअर्डरका कारण उनी लामो समयदेखि बिरामी थिए । फराज खान एक १९९० को दशकका चर्चित अभिनेता मानिन्थे। उनले ‘मेहन्दी’, ‘फरेब’, ‘दुल्हन बनू मैं तेरी’, र ‘चाँद बुझ गया’ जस्ता फिल्ममा काम काम गरेका थिए।
खराब स्वास्थ्यका कारण उनी लामो समयदेखि फिल्मी क्षेत्रबाट टाढा रहँदै आएका थिए। उनको आर्थिक अवस्था पनि एकदमै कमजोर रहेको थियो। बेलगुरु अस्पतालमा भएको सबै खर्च बलिउडकै अर्का अभिनेता सलमान खानले तिरेर उनलाई सहयोग गरेका थिए। एजेन्सी