
काठमाडौं,कात्तिक २२ | मोरङको पथरीशनिश्चरेमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । सुनसरीको रामधुनी–८ का ४५ वर्षीय सुवरलाल चौधरीको मोरङको पथरीशनिश्चरे नगरपालिका–८ मा करेन्ट लागेर शुक्रबार साँझ मृत्यु भएको छ।
इलाका प्रहरी कार्यालय पथरीका डीएसपी दिलिप गिरीका अनुसार साँझ ६ बजेतिर एक घरमा बिद्युतका काम गरिरहेका उनी करेन्ट लागेर घाइते भएका थिए । उनको उपचारको क्रममा मोरङ अस्पताल पथरीमा मृत्यु भएको गिरीले बताए।