
काठमाडौं, कार्तिक २२ । कलाकार तथा निर्देशक निर्मल शर्मा ‘गैडा’ लाई कोरोना संक्रमण देखिएको छ। हिजो गरिएको पिसिआर परिक्षणमा संक्रमण पुष्टि भएको उनले सामाजिक संजालमार्फत जानकारी गराएका छन् ।
‘एक दिन सामान्य ज्वरो आएको बाहेक कुनै लक्षण देखा नपरेपनि हिजो गरेको पिसिआर टेष्टमा मेरो रिपोट पोजेटिभ आएको जानकारी गराउँछु’ शर्माले अगाडि लेखेका छन्, ‘आजबाट १४ दिन पूर्ण रुपमा घरमै बसी कोरोनामुक्त हुने प्रयास गर्नेछु ।’