
काठमाडौं, कात्तिक २४ – पछिल्लो समय सुनचाँदीको भाउ निरन्तर बढ्दै गएको छ । आज पनि सुनको मुल्य तोलामा ५०० रुपैयाँले बढेको छ ।
हिजो सुनको मुल्य प्रतितोला ९७ हजार ७०० रुपैयाँ थियो । आज त्यो बढेर ९८ हजार २०० पुगेको छ । यस्तै, आज तेजावी सुनको मुल्य ९७ हजार ७०० रहेको छ ।
यसैगरि आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेको छ । आज चाँदी बढेर १२८५ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।