• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ/बाणिज्य
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • अर्थ/बाणिज्य
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

        football खेलकुद cricket koche nepal.com power news covid-19 sports messi ट्रेक sandeep nepal

विद्युत् प्राधिकरणको निमित्त प्रमुखमा हितेन्द्रदेव शाक्य नियुक्त


  •    सुचना डबली डेस्क / २०७७, २४ कार्तिक सोमबार १४:०९ प्रकाशीत

  • Advertisement
    Advertisement
    Advertisement

    काठमाडौं, कात्तिक २४ – नेपाल विद्युत् प्राधिकरणको निमित्त प्रमुखमा हितेन्द्रदेव शाक्य नियुक्त भएका छन् । अर्को व्यवस्था नभइन्जेलसम्मका लागि भन्दै मन्त्रालयले शाक्यलाई निमित्त प्रमुख तोकेको हो । उनले सोमबार नै पदबाहाली गरेका छन् ।

    मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेले वरिष्ठताको आधारमा शाक्यलाई निमित्त प्रमुखको जिम्मेवारी दिइएको बताए ।

    उपकार्यकारी निर्देशक शाक्यलाई ‘एनईए इन्जिनियरिङ कम्पनी’बाट काज फिर्ता गरेर नियुक्ति दिइएको हो । ऊर्जामन्त्री वर्षमान पुन अनन्तले शुक्रबार प्राधिकरण सञ्चालक समिति बैठकमा शाक्यलाई कार्ज फिर्ता गराउन निर्देशन दिएका थिए ।

    यसअघि निमित्त कार्यकारी निर्देशकको जिम्मा लेखनाथ कोइरालालाई दिइएको थियो । शाक्य र कोइरालाको एउटै ब्याचमा १२औं तहमा लागि बढुवा भए पनि ११औं तहमा शाक्यको बढुवा कोइरालाको भन्दा छिटो भएकाले शाक्यले नै वरिष्ठ रहेको जनाइएको छ

    शाक्यले हाल नेतृत्व गरिरहेको एनईए इन्जिनियरिङ प्राधिकरणको सहायक कम्पनी हो । परामर्श एवम् इन्जिनियरिङ सेवामा विदेशिने रकम जोगाउन भन्दै २०७३ मा स्थापित कम्पनीको प्रवन्ध निर्देशकका रुपमा काम गर्न कुलमान घिसिङले नै शाक्यलाई पठाएका थिए ।

    कुलमान घिसिङको कार्यकाल सकिएपछि प्राधिकरण निमित्तका भरमा चल्दै आएको छ ।

    पूर्वको इलाम बजार स्थायी घर भएका शाक्यले बिई गरेका छन् । उनले प्रणाली सञ्चालनमा स्नातकोत्तर पनि गरेका छन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    गौरादह नगरपालिकामा एमाले विजयी
    भिमदत्त नगरपालिकामा कांग्रेस उम्मेद्वार विजयी
    पोखरामा आचार्यलाई तीन हजार ८५३ मतान्तरको अग्रता
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. गौरादह नगरपालिकामा एमाले विजयी

    • २. भिमदत्त नगरपालिकामा कांग्रेस उम्मेद्वार विजयी

    • ३. पोखरामा आचार्यलाई तीन हजार ८५३ मतान्तरको अग्रता

    • ४. भरतपुर महानगरमा विजयभन्दा रेनु झण्डै १० हजार मतान्तरले अगाडि

    • ५. बालेन साहलाई ४३ हजारभन्दा धेरै मत

    धेरै पढिएको
    • १. भरतपुरमा रेणु दुई हजार मतले अगाडि

    • २. लिटरमै १० रुपैयाँ बढ्यो पेट्रोल, डिजेल र मट्टितेलको मूल्य

    • ३. आज थप ६ जनामा कोरोना संक्रमण

    • ४. नेकपा एसलाई धोका !

    • ५. गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई कम्पनीको चासो

    हाम्रो बारेमा

    सुचना विभाग दर्ता : १६८४/०७६-७७

    अध्यक्ष : शिशिर के सी

    सम्पादक : किशोर पुन मगर

    संवाददाता : रिखिराम जि सी

    सम्पर्क

    कामपा २९ अनामनगर
    सम्पर्क ९८६८६१९८८४
    ई-मेल :suchanadabalimedia@gmail.com

    हामीसङ जोडीनुहोस्

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nTech.