
काठमाडौं, कात्तिक २५ । नेपाली बजारमा मंगलवार सुनको मूल्य ह्यात्तै घटेको छ । मंगलबार सुन प्रति तोला ३४ सय रुपैयाँले घटेको छ ।अन्तर्राष्ट्रिय बजारमा सुनको भाउमा भारी गिरावट आएसँगै नेपाली बजारमा पनि मुल्य घटेको हो।
मंगलबार सुनको मूल्य प्रतितोला ९४ हजार ८०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ । यस्तै तेजावी सुन ९४ हजार ३०० रुपैयाँमा कारोबार भएको छ ।
चाँदीको मूल्य पनि प्रति तोला ७० रुपैयाँले घटेको छ। मंगलबार चाँदीको मूल्य प्रतितोला १२१५ रुपैयाँमा कारोबार भइरहेको छ।