• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    बुटवल football खेलकुद cricket koche nepal.com power news covid-19 messi sports nepal sandeep

दशैँतिहारमा मुगुको राराताल घुम्नेको लर्को


  •    सुचना डबली डेस्क / २०७७, २८ कार्तिक शुक्रबार प्रकाशीत

  • Advertisement
    Advertisement

    सिञ्जा, कात्तिक २८। कोरोनाका कारण सुनसान रहेको मुगुको प्रसिद्ध पर्यटकीयस्थल रारा ताल हेर्न जानेको सङ्ख्या अहिले बढेको छ ।

    दशैँतिहारमा बिदा परेका कारण रारा हेर्न जानेको सङ्ख्या बढेको हो । दशैँतिहारको बीचमा आन्तरिक पर्यटकको सङ्ख्या वृृद्धि भएको रारा राष्ट्रिय निकुञ्ज कार्यालयले जनाएको छ । कोरोना महामारीले करिब सात महिना सुनसान रहेको रारामा अहिले दैनिक १५० जनासम्म आन्तरिक पर्यटक सडक र हवाईमार्गबाट आउने गरेको निकुञ्जका निमित्त संरक्षण अधिकृत पदम बुढाले जानकारी दिए ।

    “विगतमा सुनसान रहेको रारामा अहिले घुम्न आउनेको सङ्ख्या बढ्दै गएको छ”, उनले भने, “अहिले राराका आसपासका होटेल र गाउँ भरिभराउन हुन थालेका छन् ।” निकुञ्जका अनुसार यस वर्षको असोज र कात्तिकमा रारामा झण्डै तीन हजार आन्तरिक पर्यटक भित्रिएका छन् । प्राय आन्तरिक पर्यटक मोटरसाइकल, जीप र हवाईमार्गबाट रारा आउने गरेको निमित्त संरक्षण अधिकृत बुढाले जानकारी दिए । रारामा घुम्न आउने पर्यटक बढेका कारण रारा विमानस्थलमा तारा, सीता र गोमा एयरलाइन्सले दैनिक पाँचदेखि सात वटासम्म सुर्खेत र नेपालगञ्जबाट उडान भर्ने गरेका छन् ।

    रारा घुम्नलाई चैत, वैशाख, जेठ, भदौै, असोज र कात्तिक महिना उपयुक्त भएका कारण आन्तरिक पर्यटकको सङ्ख्या बढेको मुगु झ्यारिका रमेश रावतले बताए । “प्राय पर्यटक हिउँद र वर्षा सकिएपछि रारा घुम्न आउने गरेका छन्”, उनले भने, “त्योबाहेक अरू समयमा निकै कम मात्र पर्यटक आउने गरेका छन् ।”  रासस

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    जनतासंग माओवादी अभियानको देशभर उद्घाटनः प्यूठानको माण्डवी र स्वर्गद्धारीमा सामाजिक काम गरियो
    ‘रोट्रयाक्ट क्लब अफ भानु’को तेस्रो ‘पदस्थापन’ कार्यक्रम भव्यताका साथ सम्पन्न
    बुटवल बहुमुखी क्याम्पसमा गजल प्रतियोगिता सम्पन्न
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. जनतासंग माओवादी अभियानको देशभर उद्घाटनः प्यूठानको माण्डवी र स्वर्गद्धारीमा सामाजिक काम गरियो

    • २. ‘रोट्रयाक्ट क्लब अफ भानु’को तेस्रो ‘पदस्थापन’ कार्यक्रम भव्यताका साथ सम्पन्न

    • ३. बुटवल बहुमुखी क्याम्पसमा गजल प्रतियोगिता सम्पन्न

    • ४. लायन्स र लियो क्लबको संयुक्त आयोजना लक्ष्मीनगरस्थित पहिरो प्रभावित क्षेत्रमा वृक्षरोपण

    • ५. कोरियामा काम गरेर फर्किएकाका लागि पुनः भाषा परीक्षाको आवेदन

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    अध्यक्ष:शिशिर के.सी.

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:टुआर क्षेत्री

    सम्पर्क

    का.म.पा. २९ अनामनगर

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.