• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ/बाणिज्य
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • अर्थ/बाणिज्य
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

        football खेलकुद cricket koche nepal.com power news covid-19 sports messi ट्रेक sandeep nepal

सन्दीपले होबर्ट हुरिकेन्सबाट बिग ब्यास लिग खेल्ने


  •    सुचना डबली डेस्क / २०७७, ४ मंसिर बिहीबार १२:५९ प्रकाशीत

  • Advertisement
    Advertisement
    Advertisement

    काठमाडौं,मंसिर ४ । नेपाली क्रिकेटका ‘ग्लोबल आइकन’ सन्दीप लामिछानेले अष्ट्रेलियाको बिग ब्यास लिग (बीबीएल) टी ट्वान्टी क्रिकेट होबर्ट हुरिकेन्सबाट खेल्ने भएका छन् । होबर्टले आज विदेशी खेलाडीको कोटामा सन्दीपलाई अनुबन्धित गरेको उनका व्यवस्थापक रमन सिवाकोटीले जानकारी दिए । सम्झौता रकम भने उसले खुलाएको छैन ।

    सन्दीपले लगातार तेस्रो पटक बीबीएल खेल्न लागेका हुन । यसअघि सन्दीपले दुई सिजन मेलबर्न स्टार्सबाट बीबीएल खेलेका थिए । उनले दुवै सिजनमा गरी बीबीएलमा २० खेल खेल्दै २६ विकेट लिएका थिए । गत संस्करणमा सन्दीपको उत्कृष्ट प्रदर्शनकै कारण मेलबर्न फाइनलमा पुगेको थियो ।

    बीबीएलका लागि होबर्टमा सामेल हुन पाउँदा सम्मान महसुस गरेको सन्दीपले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिएका छन् । अष्ट्रेलियामा आफूले सधैँ माया र सम्मान पाएको उनको भनाइ छ । इन्डियन प्रिमियर लिग (आइपीएल) बाट फर्किएका उनी हाल चितवनस्थित घरमा रहेका छन् । यस पटकको आइपीएलमा उनले कुनै पनि खेल खेल्न पाएनन् ।

    यस्तै होबर्टका मुख्य प्रशिक्षक एडम ग्रिफ्टले सन्दीपको अगमनले टिमको बलिङ पक्ष थप बलियो भएको बताएका छन् । सन्दीपमा जहिले पनि रहस्यमय स्पिनको साथ खेल परिवर्तन गर्नसक्ने खुबी भएको र इनिङ्सको कुनै पनि चरणमा बलिङ गर्न सक्ने उनको भनाइ छ । सन्दीप ‘विकेट टेकर’ भएकाले बलिङमा अर्को आयाम थपिने प्रशिक्षक ग्रिफ्टले उल्लेख गरे ।

    नयाँ सिजनको बीबीएल आगामी डिसेम्बर १० अर्थात् मङ्सिर २५ गतेदेखि शुरु हुनेछ । यस सिजनमा हरेक टिमले तीन विदेशी खेलाडीलाई प्लेइङ सेटमा राख्न पाउने छन् । यसअघि बीबीएलमा दुई विदेशी खेलाडीलाई मात्र राख्न पाइने नियम थियो ।रासस

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    जिल्ला स्तरीय टेबल टेनिसमा न्यु होराईजन प्रथम
    अनेरास्ववियू रुपन्देहीद्वारा आयल निगम घेराउ
    रुपन्देहिमा जिल्ला स्तरीय अन्तर मा.बि. टेबल टेनिस प्रतियोगिता हुने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. जिल्ला स्तरीय टेबल टेनिसमा न्यु होराईजन प्रथम

    • २. अनेरास्ववियू रुपन्देहीद्वारा आयल निगम घेराउ

    • ३. रुपन्देहिमा जिल्ला स्तरीय अन्तर मा.बि. टेबल टेनिस प्रतियोगिता हुने

    • ४. झिमरुकमा ‘उपाध्यक्ष कोसेली’ कार्यक्रम मार्फत जेष्ठ नागरिकलाई कोसेली

    • ५. कालिका विकास केन्द्रको अध्यक्षमा श्रेष्ठ

    धेरै पढिएको
    • १. अनेरास्ववियू रुपन्देहीद्वारा आयल निगम घेराउ

    • २. जिल्ला स्तरीय टेबल टेनिसमा न्यु होराईजन प्रथम

    हाम्रो बारेमा

    सुचना विभाग दर्ता : १६८४/०७६-७७

    अध्यक्ष: शिशिर के सी

    सम्पादक:किशोर पुन मगर

    सम्पर्क

    कामपा २९ अनामनगर
    सम्पर्क ९८६८६१९८८४
    ई-मेल :suchanadabalimedia@gmail.com

    हामीसङ जोडीनुहोस्

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nTech.