
प्यूठान, मंसिर ४ । जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र(डिसिसिएमसी) ले जिल्लामा विद्यालय सञ्चालन गर्ने निर्णय गरेको छ ।
कोभिड–१९ का कारण पटक पटक प्रभावित हुँदै आएको विद्यालय स्वास्थ्य मापदण्ड अनुसार सञ्चालन गर्ने आज विहिबार बसेको बैठकले निर्णय गरेको हो ।
देवालीमा भिडभाँड नगर्ने जिल्लाका विभिन्न ठाउँमा लाग्न थालेको कुलपुजा(देवाली)लाई लक्षित गरि बैठकले कुलपुजा गर्न सकिने तर भिडभाड नगर्ने वातावरण बनाउने निर्णय गरेको छ । पुजाआजा सहित कुलपुजा गरेपनि भिडभाड र मेलापर्व नगर्ने केन्द्रले निर्णय गरेको हो ।
मंसिर महिनामा जिल्लाका विभिन्न ठाउँमा कुलपुजा लाग्ने गर्दछन् ।