
काठमाडौं, मंसिर ५ । भारतिय हाँस्यकलाकार कपिल शर्मा फेरि बुबा बन्दै छन् । शर्माको परिवारमा दोस्रो सन्तानको जन्म हुँदैछ ।
भारतीय सञ्चार माध्यम आजतकका अनुसार कपिलकी श्रीमती दोस्रो पटक गर्भवती छिन् । गिन्नी गर्भावस्थाको अन्तिम चरणमा पुगेकी छिन् । उनले जनावरी २०२१ मा दोस्रो बच्चाको जन्म दिने भएकी छिन् ।
कपिल र गिन्नीको अनायरा नामकी छोरी पनि छिन् । अनायरा डिसेम्बरमा एक वर्ष हुँदैछिन् । एजेन्सी